२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

इजलासमा प्रधानन्यायाधीश र अग्नि खरेलबिच रोचक सवाल जवाफ

इजलासमा प्रधानन्यायाधीश र अग्नि खरेलबिच रोचक सवाल जवाफ
अ अ+ अ-

काठमाडौं । प्रतिनिधि सभा विघटन मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पूर्व महान्यायाधिवक्ता अग्नि खरेललाई लगातार सात वटा प्रश्न गरेका छन् ।  बिहीवारको सुनुवाइका क्रममा प्रधानन्यायाधीश जबराले धारा ७६ (५) मा सांसदहरू स्वतन्त्र रहन्छन् कि रहँदैनन् भन्नेबारे प्रश्न गरेका हुन् । 

बहसका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट बहस गरेका खरेलले धारा ७६ (३) को प्रधानमन्त्रीले विश्वासको मत पाउने सम्भावना नदेखिएपछि उपधारा ५ अनुसारको सरकार बनाउन प्रधानमन्त्री ओलीले मार्ग प्रशस्त गरेको दाबी गरे ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन जसपाका केही सांसदले हस्ताक्षर गरेपनि जसपाले राष्ट्रपतिलाई औपचारिक पत्र पठाएर समर्थन छैन भनिसकेपछि देउवालाई नियुक्त नगर्नु नै उपयुक्त भएको उनले दाबि गरे लगत्तै प्रधानन्यायाधीश जबराले पहिलो प्रश्न गरे :- तपाईंहरूको बहस निरन्तर सुनियो । रिट निवेदक पक्षले धारा ७६ (२) को प्रक्रिया पुगेर उपधारा ५ मा जाँदा दलीय ह्वीप लाग्दैन भन्नुहुन्छ ।

दलबाहेक अन्य स्वतन्त्रको पनि समर्थन भन्ने कुरा हुन्छ ? स्वतन्त्र सांसदको कुरा छ नि ! 

खरेलको जवाफ– जो व्यक्ति जता जान पनि छुट भन्ने हुँदैन, दलीय अनुसाशन आकर्षित हुन्छ । ​

दोस्रो प्रश्न
कांग्रेस सभापति देउवाले अन्य पार्टी र सांसदहरू समेत १४९ सांसदको हस्ताक्षर बुझाएपछि उनको आधार नपुग्ने कारण के भयो ? 

खरेलको जवाफ – देउवालाई समर्थन गर्दा माओवादीले ७६ (५) को प्रधानमन्त्री बन्नका लागि दलको समर्थन रहेको भनेको छ । यदि व्यक्ति नै सर्वेसर्वा हुने भए पार्टीले किन पत्र पठाएर समर्थन गर्नुपर्‍यो ? 

तेस्रो प्रश्न 
प्रतिनिधि सभामा ४ जना स्वतन्त्र सांसद हुनुहुन्छ । दलले मात्र समर्थन गर्ने र स्वतन्त्र सांसदले समर्थन गर्न नपाउने हो भने स्वतन्त्र सांसदको भूमिका शून्य हुँदैन ?

खरेलको जवाफ – दलीय व्यवस्थामा दलीय समर्थन चाहिन्छ । यदि सांसद स्वतन्त्र रहन्थ्यो भने किन ह्विप लगाउने कानून चाहिन्थ्यो ?

चौथो प्रश्न
राजनीतिक दलसम्बन्धी ऐनको कुरा धारा ७६ (५) मा आकर्षित हुन्छ ? धारा ७६(५) स्वतन्त्र भनिएपछि अन्य धारा र ऐनसँग जोड्दा गलत हुन्न ? 

खरेलको जवाफ – यदि देउवासँग बहुमत थियो भने त धारा ७६ (२) को बेला प्रधानमन्त्री बनेको भए हुन्थ्यो नि !

पाँचौ प्रश्न
आफ्नो पार्टीका सांसदको समर्थन छैन भनेर पार्टीले उजुरी दिएको छ । धारा ७६ (५)को प्रक्रिया शुरू भएपछि उजुरी दिन पाउनेबारे दलीय कानूनमा केही लेखेको त छैन ।

खरेलको जवाफ – कल्पना नगरिएको कानून अनुसार देउवाले गर्न मिल्ने । संसदीय दलमा ह्वीप लागेको उजुरी गर्न नपाइने भन्ने पनि त संविधानमा लेखिएको छैन । परिस्थितिजन्य कुरा हो । 

छैटौं प्रश्न
धारा ७६ (५) राष्ट्रपतिले दुवैको दाबी पुगेन भनेर नियुक्त नगर्ने कुरा सही हो ? या कागज, या समर्थन गर्ने व्यक्तिलाई बोलाएर सनाखत गर्नुपर्ने होइन ? 

खरेलको जवाफ – राष्ट्रपतिको काम, कर्तव्य र अधिकार हो । कागज नै गडबड भएपछि सांसदलाई बोलाउनै पर्दैन ।

सातौं प्रश्न 
धारा ७६ (५) मा ह्वीप लाग्ने नै हो ? 

खरेलको जवाफ – संविधान सभामा ह्वीपबारे लामो बहस भएको थियो । अन्तिममा ह्वीप लाग्यो ।

अहिले मानौं, जसरी देउवाले एमालेका सांसदको हस्ताक्षर लिनुभयो, ओलीले कांग्रेसका सांसदको समर्थन पाउन खोज्नुभयो भने के हुन्छ ? दलीय अनुशासन भन्ने हुँदैन ?