४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भलिबलकी उषाले जितिन् पिपल्स च्वाइस अवार्ड



अ+ अ-

काठमाडौँ । १९ औं संस्करणको एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड–२०७८ अन्तर्गत पिपल्स च्वाइस अवार्ड भलिबलकी उषा भण्डारीले जितेकी छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)द्वारा मंगलबार कमलादीस्थित प्रज्ञा भवनमा जारी समारोहकाबीच भलिबलकी राष्ट्रिय खेलाडी उषालाई सो अवार्ड प्रदान गरिएको हो ।

खेल पत्रकार, राष्ट्रिय प्रशिक्षक र समर्थकको भोटिङबाट सर्वाधिक मत प्राप्त गर्दै उषाले अवार्ड हात पारेकी हुन् ।

उषाले मनोनयनमा परेका फुटबलका अन्जन विष्ट, क्रिकेटका आसिफ शेख, टेनिसकी अभिलाषा विष्ट र पौडीकी डुवाना लामालाई पछि पारिन् ।