५ भाद्र २०८३, शुक्रबार
,
Latest
सवारी दुर्घटनामा दुई जनाको मृत्यु सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ गान्धीद्वारा लेखिएका ‘नोट’ हरू एक करोड ७० लाख डलरमा बिक्री सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै रुपन्देही महासङ्घ पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि ८ हजारभन्दा बढी फोटोबीच मिथुन कुँवर बने नेपालिज इन फोटोग्राफीको ग्रान्ड प्राइज विजेता चलचित्र ‘बुकी’को ‘तनमनमा भलिबल’ गीत सार्वजनिक राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली टोली आज स्वदेश फर्कदै



अ+ अ-

काठमाडौं । आईसीसी विश्वकप लिग–टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा सहभागी हुन यूएई गएको नेपाली टोली आज स्वदेश फर्कदैछ । लिग–टू को अन्तिम विदेशी सिरिज सकेर नेपाली टोली स्वदेश फर्कन लागेको हो ।

नेपाली टोली आज साँझ ६ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आईपुग्ने नेपाल क्रिकेट संघ(क्यान)ले बताएको छ ।

यूएई भ्रमणका क्रममा नेपालले चार खेलमध्ये तीन खेलमा जित हात पारेको थियो । नेपालले पीएनजी र घरेलु टोली यूएईसँग समान २/२ खेल खेलेको थियो । जसमा नेपालले पीएनजीसँग दुई र यूएईसँग एक खेल जितेको थियो ।

नेपालले अब बाँकी रहेको चार खेल घरेलु मैदान टियुमा खेल्नेछ । नेपाल शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्न बाँकी सबै खेल जित्नुपर्ने हुन्छ । यस्तै, ओडिआई मान्यता कायम राख्न भने चार मध्ये दुई खेल जिते पुग्छ ।