२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

युवा ब्यांकर प्रवेश रिजालले पाए प्रतिष्ठित जीसीआइएफ पुरस्कार

युवा ब्यांकर प्रवेश रिजालले पाए प्रतिष्ठित जीसीआइएफ पुरस्कार
अ अ+ अ-

काठमाडौं । हाल अमेरिकामा कार्यरत एक युवा ब्यांकर प्रवेश रिजालले संयुक्त राज्य अमेरिकाको प्रतिष्ठित ‘ग्लोबल कन्फरेन्स अन इन्स्योरेंस एण्ड फाइनान्स’ (जीसीआइएफ) पुरस्कार प्राप्त गरेका छन्। 

मंगलबार संयुक्त राज्य अमेरिकाको लास भेगास शहरमा आयोजित एक भव्य समारोहमा उनलाई उक्त पुरस्कार प्रदान गरिएको थियो । जीसीआइएफले अमेरिकामा बीमा तथा वित्त क्षेत्रमा उल्लेख्य योगदान गरेका व्यक्तिहरुलाई सो पुरष्कार प्रदान गर्ने गरेको छ।
 
'हामीले पुरष्कारको लागि छनोट गर्दा बीमा तथा वित्त क्षेत्रमा कुनै व्यक्ति वा कम्पनीले पारेको प्रभाव, नवप्रवर्तन, भविष्यको तयारी तथा बजारमा माग जस्ता मापदण्डको आधारमा मूल्यांकन गर्छौं।  युवा ब्यांकर, प्रवेश रिजाल,  ती सबै मापदण्डहरुमा उत्कृष्ट ठहरिएकाले यो वर्ष उनलाई यो पुरष्कारका लागि छनोट गरिएको हो,' जीसीआइएफले भनेको छ।

अमेरिकाका सबैभन्दा ठूला ब्यांकहरुमध्ये एक, सिटि ग्रुप, मा वरिष्ठ उपाध्यक्षको रुपमा काम गरिसकेका प्रवेश अहिले नयाँ पुस्ताको एउटा ब्यांक, क्रस रिभर, मा क्वान्टिटेटिभ स्ट्राटेजिज विभागको प्रमुखको रुपमा काम गरिरहेका छन्। 
 
'मेरो विभागको मुख्य काम भनेको वित्तीय प्रविधि सम्बन्धी (फिनटेक) कम्पनीहरुलाई पूँजी बजारसंग जोड्न मदत गर्नु हो' , रिजालले भने। “हामीले गणित र वित्तको माध्यमबाट पूँजी बजारको अनुमान गर्छौं र ब्यांकको पूँजीलाई कसरी लगानी गर्ने भन्ने निधो गर्छौं। हामीले प्रत्येक वर्ष वैकल्पिक कर्जा प्ल्याटफर्महरुबाट अरबौं डलर खरिद गरी हेज फन्ड, ठूला लगानी ब्यांकहरु र अन्य ब्यांकहरुलाई बिक्री गर्न सघाउंछौं।”

एउटा नेपाली ब्यांकको सल्लाहकारको रुपमा पनि काम गरिसकेका प्रवेशले विश्व पूँजी बजारमा नेपाली कर्जाको व्यापार गर्ने दिन छिट्टै आओस् भन्ने आफुले चाहेको बताए।  उनी अहिले नाइजेरियाको क्रेडिट डेटा मार्केट प्लेसको संचालक समिति सदस्यको रुपमा पनि काम गरिरहेका छन्।  

ब्यांकहरुको सामाजिक दायित्व
गत वर्ष कोभिड १९ ले नेपालको अर्थतन्त्रमा पुराएको असर न्यूनीकरण गर्न प्रवेशले नेपाली ब्यांकहरुलाई सामाजिक दायित्व अन्तर्गत अर्थतन्त्रलाई चलायमान गराउन भूमिका निर्वाह गर्न आग्रह गरेका थिए।  तर अहिले त्यतिले मात्रै नपुग्ने उनको आंकलन छ।

“नेपालका ब्यांकहरुमा कर्जा जोखिम तुलनात्मक रुपमा नियन्त्रित रहंदै आएको छ।  यसको अलि अलि वृद्धिले खासै असर पर्दैन, तर राष्ट्र ब्यांकको ध्यान उत्पादनका साधनहरु कसरी बढाउने तर्फ हुनुपर्छ।  मुख्य कुरा विश्व बजारमा हामीले कसरी आफ्नो उपस्थिति देखाउन सक्छौं भन्ने नै हो। अर्थतन्त्रको पुनर्निर्माणका लागि काम गर्दा त्यो नै निर्देशक प्रश्न हुनुपर्छ जस्तो मलाई लाग्छ,"उनले भने। 

बिराटनगरमा जन्मिएका प्रवेशले न्यूयोर्क विश्वविद्यालयबाट वित्तीय इञ्जिनियरिंग विषयमा स्नातकोत्तर गरेका छन्।