२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मित्रराष्ट्र अमेरिकाबाट नेपाली सेनालाई आउट र्बोड र्मोटरसहितको ‘रेस्क्यु बोट’ हस्तान्तरण



अ+ अ-

काठमाडौं । मित्रराष्ट्र अमेरिकाले नेपाली सेनालाई सहयोग स्वरुप आउट र्बोड माेटर सहितको चार ओटा रेस्क्यु बोट उपलव्ध गराएको छ । छाउनी स्थित श्री जंगी असवाव खानामा एक कार्यक्रमकाबीच रेस्क्यु बोट उपलब्ध गराएको हो । 

अमेरिकी राजदुतावासका डिसिओ (अफिस अफ डिफेन्स कोपरेसन) चीफ मेजर माइकल पी. व्हाइटद्वारा नेपाली सेनाको श्री विपद् व्यवस्थापन निर्देशनालयका निर्देशक सहायक रथी रामनाथ शर्मा (ढुंगाना) लाई उक्त रेस्क्यु बोटहरु हस्तान्तरण गरेको हो । 

उक्त रेस्क्यु बोटहरु बाढी र डुवान जस्ता जलउत्पन्न विपद्का समयमा उद्धार तथा राहत कार्यमा बहुउपयोगी हुने विश्वास नेपाली सेनाले बताएको छ।