१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाले बोलायो बैठक, राष्ट्रपति निर्वाचनबारे निर्णय हुने



file
अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रिय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार बुधबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको हो ।

बैठकमा राष्ट्रपति निर्वाचन, विकसित राजनीतिक घटनाक्रम र समसामयिक राजनीतिक विषयमा छलफल हुने प्रवक्ता श्रेष्ठले बताए।

उक्त बैठकमा राष्ट्रपति निर्वाचनबारे निर्णय हुने बुझिएको छ । बिहीबार हुने राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवास नेम्वाङ उम्मेदवार छन् ।