२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

एमबिबिएस लगायत सबै प्रवेश परीक्षा दिने विद्यार्थीको पिसिआर परीक्षण निःशुल्क गर्न माग

एमबिबिएस लगायत सबै प्रवेश परीक्षा दिने विद्यार्थीको पिसिआर परीक्षण निःशुल्क गर्न माग
अ अ+ अ-

काठमाडौं । विवेकशील साझा युवा सङ्गठन विद्यार्थीहरूले एमबिबिएस लगायत चिकित्सा शिक्षाका विभिन्न विधाको प्रवेश परीक्षा अगाडी गर्नुपर्ने पिसिआर परीक्षण सरकारले निःशुल्क गर्न माग गरेको छ।

चिकित्सा शिक्षा आयोगले मिति २०७८ साल ०३ महिना १५ गते जारी गरेको सूचना बमोजिम एकीकृत प्रवेश परीक्षामा विद्यार्थीले परीक्षाको ७२ घण्टा अघि गर्नुपर्ने गर्नुपर्ने पिसिआर परीक्षणको सूचनाबारे विवेकशील साझाको ध्यानाकर्षण भएको छ। 

एउटा विद्यार्थीले चार हजार रुपया दस्तुर तिरेर परीक्षा फारम भरी परीक्षा दिँदै गर्दा फेरी थप रकम तिरेर पिसिआर परीक्षण गर्न लगाउनु विद्यार्थीका निम्ति न्यायोचित नभएको बताएको हो ।  साथै, प्रवेश परीक्षाका लागि दर्ता भएका  सम्पूर्ण विद्यार्थीहरूलाई प्राथमिकताको साथ यथाशीघ्र कोरोनाको खोप उपलब्ध गराउन समेत माग गरेको छ। 

सरकारी अस्पतालहरूमा कोरोना परीक्षणको नतिजा आउने समय निश्चित नै नहुने र निजीमा रु. दुई हजार तिरेर पिसिआर परीक्षण गर्नु विद्यार्थी र अभिभावकका निम्ति थप आर्थिक भार थपिने भएको छ ।  साथै सरकारले विद्यार्थीको मस्तिष्कहरूमा अवाञ्छित शोषणको पनि आरोप लगाएको छ ।

यो प्रवेश परीक्षा छात्रवृत्तिका निम्ति हो। र, यो परीक्षामा परीक्षार्थीहरूले दुई तिन विषयसम्म पनि फारम भरेका हुन्छन्। त्यसैले प्रत्येक परीक्षाको ७२ घण्टा अघि पिसिआर परीक्षण विद्यार्थीलाई नै गर भन्नु अव्यवहारिक, गैर जिम्मेवार र असह्य छ, पार्टीले भनेको छ ।

विवेकशील साझाले आयोगको नेतृत्वको सामान्य विवेकले हल हुने विषय जटिलता तर्फ धकेल्नु न्यायोचित त छैन नै यो अक्षम्य कदम पनि भएको बताएको छ। यसको जिम्मेवारी राज्यले लिनुपर्ने र निःशुल्क पिसिआर परीक्षणको सहज वातावरण उपलब्ध गराउनुपर्ने पार्टीले माग गरेको छ। 

आयोगले पिसिआर पोजेटिभ आएको विद्यार्थीका लागि परीक्षा केन्द्र सम्म पुग्न सहज यातायातको व्यवस्था गर्नको लाग माग गरेको छ । परीक्षाको अवधिभर विद्यार्थीको र सम्बन्धित अन्य पक्षको स्वास्थ्य सुरक्षाको उचित प्रबन्ध आयोगले तदारुकताका साथ मिलाउनुपर्नेमा जोड दिनुभयो।

साथै, नयाँ शैक्षिक सत्रका कक्षाहरू सुरु हुन गइरहेको अवस्थामा मुलुकभरिका सम्पूर्ण विद्यार्थीहरू तथा शिक्षकहरूका निम्ति छिटोभन्दा छिटो भ्याक्सिनको व्यवस्था गर्न समेत जोडदार माग गरेको छ ।