• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

नेयमारले सिजनका बाँकी खेलहरु गुमाउने



एजेन्सी । पेरिस सेन्ट जर्मेन (पिएसजी)का स्टार खेलाडी नेयमारले सिजनका बाँकी खेलहरु गुमाउने भएका छन् । ब्राजिलियन फरवार्ड नेयमारले गत १९ फेब्रुअरीमा लिलमाथि ४–३ को जित निकाल्ने क्रममा चोट बोकेका थिए ।

क्लबका अनुसार उनको दाहिने खुट्टाको जोर्नीमा पछिल्ला वर्षमा समस्याहरू देखिएका कारण त्यसलाई दोहोरिन नदिन अपरेसनको आवश्यकता देखिएको छ । उनी मैदानमा फर्कन चार महिना लाग्ने पनि क्लबले जानकारी दिएको छ ।

नेयमारको दाहिने खुट्टामा पछिल्ला वर्षहरूमा बारम्बार समस्या देखिने गरेको थियो । यसैका कारण उनले सन् २०२२ को विश्वकपमा सर्बियाविरुद्धको पहिलो खेलमा घाइते भएपछि दुई खेल गुमाएका थिए । सन् २०१९ को कोपा अमेरिका गुमाएका उनले २०२१ मा पनि धेरै खेल गुमाउनु परेको थियो ।

पिएसजीले बुधबार मध्यरातमा च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को दोस्रो लेग जर्मन महारथी बार्यन म्युनिखविरुद्ध खेल्दैछ । यसअघि पहिलो लेगमा आफ्नो घरेलु मैदानमै १–० गोलले स्तब्ध बनेको पिएसजीलाई क्वाटरफाइनल प्रवेशका लागि सो खेल निकै महत्वपूर्ण रहेको छ । तसर्थ भोलिको खेलमा पिएसजीलाई नेयमारको अभाव खड्किने छ ।