६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

नेयमारले सिजनका बाँकी खेलहरु गुमाउने

नेयमारले सिजनका बाँकी खेलहरु गुमाउने
अ+ अ-

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पिएसजी)का स्टार खेलाडी नेयमारले सिजनका बाँकी खेलहरु गुमाउने भएका छन् । ब्राजिलियन फरवार्ड नेयमारले गत १९ फेब्रुअरीमा लिलमाथि ४–३ को जित निकाल्ने क्रममा चोट बोकेका थिए ।

क्लबका अनुसार उनको दाहिने खुट्टाको जोर्नीमा पछिल्ला वर्षमा समस्याहरू देखिएका कारण त्यसलाई दोहोरिन नदिन अपरेसनको आवश्यकता देखिएको छ । उनी मैदानमा फर्कन चार महिना लाग्ने पनि क्लबले जानकारी दिएको छ ।

नेयमारको दाहिने खुट्टामा पछिल्ला वर्षहरूमा बारम्बार समस्या देखिने गरेको थियो । यसैका कारण उनले सन् २०२२ को विश्वकपमा सर्बियाविरुद्धको पहिलो खेलमा घाइते भएपछि दुई खेल गुमाएका थिए । सन् २०१९ को कोपा अमेरिका गुमाएका उनले २०२१ मा पनि धेरै खेल गुमाउनु परेको थियो ।

पिएसजीले बुधबार मध्यरातमा च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को दोस्रो लेग जर्मन महारथी बार्यन म्युनिखविरुद्ध खेल्दैछ । यसअघि पहिलो लेगमा आफ्नो घरेलु मैदानमै १–० गोलले स्तब्ध बनेको पिएसजीलाई क्वाटरफाइनल प्रवेशका लागि सो खेल निकै महत्वपूर्ण रहेको छ । तसर्थ भोलिको खेलमा पिएसजीलाई नेयमारको अभाव खड्किने छ ।