२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न थाल्यो News Polar कुरिनटारस्थित इच्छाकामना आधारभूत अस्पताल : नयाँ भवन बन्यो, आवश्यक जनशक्ति छैन News Polar विद्यालयको सुरक्षा गर्न खैराङका सामुदायिक विद्यालयमा ‘घेराबारा’ News Polar बेगमा वडा र स्वास्थ्यचौकीको भवन निर्माण News Polar सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट News Polar आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती News Polar दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै News Polar सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार News Polar भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या News Polar काभ्रेका अवैध क्रसर–खानीलाई मापदण्डमा आउन समयसीमा News Polar नेपालगन्जमा ऐतिहासिक रामलीला सुरु News Polar बालउद्धार माविका प्राचार्य कुटपिट प्रकरणमा दुई जना पक्राउ News Polar बूढीगण्डकी बाढीः चार जलविद्युत् आयोजनामा क्षति News Polar बेरुजु घटाउन मुख्यमन्त्रीको निर्देशन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त , मधु , बिनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर विजयी News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल

खनाल –नेपाल समूह केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने

खनाल –नेपाल समूह केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने
अ अ+ अ-

 काठमाडौ ।  नेपाल कम्युनिष्ट पार्टी(एमाले)ले शुक्रबारका लागि बोलाएको केन्द्रीय कमिटी बैठकमा बरिष्ठ नेता माधव नेपाल समुह सहभागि नहुने भएको छ ।  बिहीबार बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बसेको माधव नेपाल पक्षीय स्थायी कमिटीको बैठकले एमालेले भोली शुक्रबारको लागि बोलाइएको केन्द्रीय कमिटीको बैठकमा सहभागीन हुने निर्णय गरेको हो ।

बैठकपछि संक्षिप्त प्रतिक्रिया दिदैँ नेकपा(एमाले)का नेता भिम रावलले पार्टी विधान विपरित गठित दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक र त्यसको निर्णयले  पार्टी एकतामा हानी पु¥याउने भएकाले बैठकमा सहभागी नहुने निर्णय गरिएको बताउनुभयो ।

उहाँले वार्ता र सहमतीबाट समस्याको समाधान खोज्नुपर्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो – ‘पार्टी विधान विपरित गठित दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीका बैठक र त्यसका निर्णयले पार्टी एकता हासिल गर्न अवरोध पु¥याउने भएकाले यही असार १८ गते बोलाइएको बैठकमा सहभागी हुन सकिदैनँ । वार्ता र सहमतीबाट समस्याको समाधान खोजिनुपर्छ ।’

नेता रावलले एमालेलाई एकताबद्ध बनाउनको लागि सहमतीको प्रक्रियामा औपचारिक वार्ता गरिनुपर्ने र केन्द्रीय कमिटीको बैठक आवश्यक सहमतीका आधारमा स्थायी कमिटीको निर्णयको आधारमा बोलाइनुपर्ने  पनि बताउनुभयो । उहाँले भन्नुभयो – ‘नेकपा(एमाले)लाई एकताबद्ध रुपमा अगाडी बढाउन उचित र औपचारिक सार्थक वार्ता तथा सहमतीको प्रक्रिया अवलम्वन गरिनुपर्छ । केन्द्रीय कमिटीको बैठक आवश्यक तहको सहमती तथा स्थायी कमिटीको बैठकबाट आवश्यक निर्णय प्रस्तावको आधारमा मात्र बोलाइनुपर्छ ।’

नेकपा(एमाले)ले बुधबार दशौँ महाधिवेशन आयोजक कमिटीलाई भंग गरी २०७५ साल जेठ २ गते अघिको अवस्थामा रहेको केन्द्रीय कमिटीलाई व्युँताएको थियो । सोही केन्द्रीय कमिटीको बैठक भोलीको लागि बोलाइएको भएपनि माधव नेपाल समुह नजाने भएको हो ।