२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न थाल्यो News Polar कुरिनटारस्थित इच्छाकामना आधारभूत अस्पताल : नयाँ भवन बन्यो, आवश्यक जनशक्ति छैन News Polar विद्यालयको सुरक्षा गर्न खैराङका सामुदायिक विद्यालयमा ‘घेराबारा’ News Polar बेगमा वडा र स्वास्थ्यचौकीको भवन निर्माण News Polar सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट News Polar आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती News Polar दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै News Polar सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार News Polar भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या News Polar काभ्रेका अवैध क्रसर–खानीलाई मापदण्डमा आउन समयसीमा News Polar नेपालगन्जमा ऐतिहासिक रामलीला सुरु News Polar बालउद्धार माविका प्राचार्य कुटपिट प्रकरणमा दुई जना पक्राउ News Polar बूढीगण्डकी बाढीः चार जलविद्युत् आयोजनामा क्षति News Polar बेरुजु घटाउन मुख्यमन्त्रीको निर्देशन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त , मधु , बिनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर विजयी News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल

नेपाल एयरलाइन्सभित्र चरम बेथिती, परीक्षाभन्दा अघि नियुक्ति !

नेपाल एयरलाइन्सभित्र चरम बेथिती, परीक्षाभन्दा अघि नियुक्ति !
अ अ+ अ-

काठमाडौँ । कुनै पनि पदमा अन्तर्वार्ता पास गरेपछि नियुक्ति हुन्छ कि नियुक्ति दिएपछि अन्तर्वार्ता ? अर्थात् नियुक्तिपछि पो अन्तर्वार्ता गरेजस्तो गरिन्छ कि ?

सरकारी एवं कुनै पनि गैरसरकारी निकायमा जनशक्ति भर्ना या नियुक्ति गर्दा यस्तो मोडेल कतै भेटिँदैन । तर कहीँ नभेटिने यस्तो दृष्टान्त छर्लङ्गै देखिएको र भेटिएको छ नेपाल वायु सेवा निगममा ।

त्यो पनि अरु कुनै साना तिना निकायले नभएर प्रधानमन्त्री कार्यालय महातहत रहेको र यस्तै अनियमितताको छानबिन गर्न गठित राष्ट्रिय सतर्कता केन्द्रले नै नेपाल वायु सेवा निगमभित्र भएको अनियममितता भेटेको छ । त्यस सम्बन्धी छानबिन गर्न सो निकायद्धारा गठित कार्यदलले नै तयार पारेको प्रतिबेदनमा यी र यस्तै अनियमताका बारेमा थुप्रै कुरा उठाइएका छन् र कारबाहीको सिफारिस समेत गरिएको छ ।

प्रहरी उपरीक्षक राजेन्द्र कुमार पोखरेल, प्रहरी नायब उपरीक्षक बुद्धिराम खनाल र शाखा अधिकृत भावना पुडासैनी रहेको तीन सदस्यीय टोलीले तयार पारेको २४ पृष्ठ लामो प्रतिबेदनमा निगमभित्र भएको अनियमिता, बेथिती र कानुन लत्याइएको कुरालाई तथ्यगत रुपमा प्रस्तुत गर्दै दोषीहरु किटान समेत गरिएको छ ।

 प्रतिबेदनका अनुसार नागरिक उड्डयन प्राधिकरणको चलानी नम्बर ४९ मिति जुलाई २५, २०१९ को पत्रबाट नयाँ नियुक्त अपरेशन निर्देशक क्याप्टेन दिपु ज्वार्चनको अन्तर्वार्ता भने नियुक्ति लिइको तीन दिनपछि मात्र भएको देखिएको छ ।

पत्रका अनुसार २८ जुलाई २०१९ मा अन्तर्वार्ता भएको जानकारी नेपाल वायु सेवा निगमले नागरिक उड्डयन प्राधिकरणलाई गराएको छ । यसैगरी प्रतिबेदनको परिच्छेद १ को बुँदा नम्बर २(१) को उपदफा ३ मा क्याप्टेन दिपुराज ज्वार्चनको अपशरेसन निर्देशकको नियुक्ति निगमको अपरेशन म्यानुअल पार्ट ए को दफा १.३.१ मा उल्लेखित योग्यता नपुगी भएको भन्दै ज्वार्चनको नियुक्ति बदर गर्दा उनले खाईपाई आएको सुबिधा सोधभर्ना गर्न र नियुक्ति दिने र लिनेलाई कारबाही गर्न सिफरिस गरेको छ ।

प्रतिबेदनमा भनिएको छ– कुनै पनि पदमा कायम मुकायम मुकरर गर्दा सम्बन्धित सेवा समूह वा उपसमूहको पदमा कार्यरत कर्मचारीहरु मध्येबाट जेष्ठता, योग्यता तथा कार्य क्षमताको आधारमा कायम मुकायम  मुकरर गरिने पदभन्दा एक तह मुनिको कर्मचारीलाई गर्नुपर्ने उल्लेख भएको पाइन्छ । तर १९ औँ नम्बमा रहेका ब्यक्तिलाई जिम्मेबारी दिनु गैरकानुनी  रहेको भन्दै प्रतिबेदनले  नियुक्ति दिने र लिनेलाई दोषी ठहर गरेको छ ।

यस्तै अपशरेसन  निर्देशक हुन कुनै कारबाहीमा नपरेको व्यक्ति हुनुपर्ने स्पष्ट व्यवस्था भएपनि निगम व्यवस्थापनले त्यसलाई पुरै लत्याएको छ । प्रतिबेदनका अनुसार नागरिक उड्डयन प्राधिकरणको चं नं ११०९ मिति १४ फ्रेबुअरी, २०१७ को पत्रअनुसार उड्डयन नियमाबली उल्लंघन गरेको भन्दै ५ हजार रुपैयाँ जरिवाना गरिएको थियो ।  

प्रतिबेदनमा भनिएको छ– नियम विपरीतको नियुक्ति बैधानिक देखिएन, साथै नेपाल वायुसेवा निगमको कर्मचारी सेवा शर्त सम्बन्धी विनियमावली २०५८ को विनियम ३३ मा कायम मुकायम सम्बन्धी भएको व्यवस्था विपरीत कार्यबिधिमा निज जुहार्चनको योग्यतासँग मिल्नेगरी गरिएको संशोधन तथा सोही संशोधनको आधारमा दिपुराज जुहार्चनको अपरेशन विभागको प्रमुखको नियुक्ति गरेको विषय समेत गैरकानुनी देखिन्छ ।

यसैगरी अन्तर्वार्ता नहुँदै वायु सेवाबाट नियुक्त हुनु तथा प्राधिकरणबाट अन्तर्वार्ता लिई नियुक्त मितिदेखिको बढुवा सदर गर्नु नियमसंगत देखिएन ।

त्यसैगरी नेपाल वायुसेवा निगमबाट प्राप्त कागजातहरुमा अन्तिम बढुवा भई तह ९ मा रहेका क्र्यु मेम्बरहरुको नामावलीअनुसार जेष्ठता हेर्दा निज जुहार्चन १९ नम्बरमा रहेको देखिएको तथा प्राधिकरणबाट कारबाही समेत भएको अवस्थामा निजको अपरेशन विभागको प्रमुख भएको नियुक्ति बैधानिक नदेखिएकाले निजलाई नियुक्ति गर्ने पदाधिकारी, नियुक्ति हुने पदाधिकारी तथा वायुसेवा निगमका कर्मचारीहरुको सेवा शर्त सम्बन्धी विनियमावली २०५८ मा उल्लेखति प्रावधान भन्दा कुनै व्यक्तिको लागि मिल्ने खालको प्राबधान बनाइएको जनाइएको छ ।

यसैगरी नियम विपरीत कार्यबिधि नपुर्याई कार्यबिधि शंसोधन गरी सोहीअनुसार निजलाई अपरेसन्स विभागको प्रमुखको जिम्मेबारी प्रदान गर्ने पदाधिकारी तथा सो शंसोधनलाई समर्थन गर्ने नेपाल नागरिक उड्यन प्राधिकरणका जिम्मेबार पदाधिकारीलाई कानून बमोजिम कारबाही गर्न र नियम विपरीत बढुवा भई लिएको रकम समेत सम्बन्धीत पदाधिकारीबाट अशुलउपर गर्न छानबिन टोलीले सिफारिश गरेको छ ।