• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

यूएईविरुद्ध नेपाललाई पाँचौं सफलता, सोमपालको तीन विकेट



काठमाडौँ । आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले घरेलु टोली यूएईसँग प्रतिस्पर्धा गर्दैछ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा नेपाललाई पाँचौं सफलता मिलेको छ । नेपालका लागि सोमपाल कामीले तीन तथा दिपेन्द्र सिंह ऐरी र आरिफ शेखले एक–एक विकेट लिएका हुन् ।

२३० रनको विजयी लक्ष्य पछ्याएको यूएई ताजा अवस्थामा ३५.६ ओभरमा ५ विकेटको क्षतिमा १५४ रनको स्थितीमा छ ।