• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo
Latest
★   चिमखोलामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते ★   शिक्षाध्यक्ष प्रा डा खड्ग केसीलाई सम्मान ★   भुर्तेल लगातार दोस्रो खेलमा डक आउट ★   गण्डकीमा मन्त्री चुमानलाई आर्थिक र मनाङेलाई भौतिक मन्त्रालयको जिम्मेवारी ★   एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा पेस भएको ६ प्रतिवेदनमा के–के छ ? (पूर्णपाठ) ★   हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय ★   राजतन्त्रलाई फर्काउन खोज्ने प्रयास सफल हुने कुनै सम्भावना छैनः ओली ★   गगन थापाको दाबीः अहिलेको गठबन्धन माघ कट्दैन ★   आईपीएलमा आजः दिल्ली र हैदराबाद भिड्दै ★   मुलुकको राष्ट्रिय राजनीति २९ महिना निक्कै कष्टकर – अध्यक्ष ओली

गौतमको हत्यामा संलग्न सार्वजनिक



गलकोट । गलकोट नगरपालिका–९ स्थित अम्मरबसेकी बेलकुमारी गौतमको हत्यामा संलग्न सोही गाउँका इन्द्रबहादुर विकलाई प्रहरीले सार्वजनिक गरेको छ ।

फागुन १९ गते राति ६५ वर्षीया गौतम आफ्नो घरको पूर्व पाण्डुकेसरी वनको गोरेटो बाटोदेखि अन्दाजी ६० मिटर तल भिरमा मृतावस्थामा फेला परेको थियो ।

मृतावस्थामा फेला पर्नुभएको गौतमको गहना लुटिएको देखेपछि लडेर नभई हत्या भएको आशङ्कामा प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो । अनुसन्धानको क्रममा विकले हत्या गरेको पुष्टि भएपछि प्रहरीले उनलाई आइतबार सार्वजनिक गरेको छ ।

गलकोट नगरपालिका–९ चुँदारा टोल बस्ने ४३ वर्षीय इन्द्रबहादुर विकले पछाडिबाट चिउँडो र टाउकामा समाती मुन्टो बटारी हत्या गरेर गहरगहनासमेत लुटी भिरबाट खसालेको अनुसन्धानका क्रममा पाइएकाले पक्राउ गरेर आज सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनुभयो । विकले अनुसन्धानका क्रममा आफूले हत्या गरेको स्वीकार गरेका छन् ।

आठ महिनामा ५० हिंसाका घटना

आठ महिनामा यहाँ ५० महिला हिंसाबाट पिडित भएका छन् । चालु आर्थिक वर्ष २०७९/८० को साउनदेखी हालसम्म ५० महिला हिंसासम्बन्धी निवेदन दर्ता भएकाअल्पकालिन महिला सेवा केन्द्र बागलुङले जनाएको छ ।आफै सम्पर्कमा आएका २९ र जिल्ला प्रहरी कार्यालयमार्फत आएका २१ निवेदन दर्ता भएका महिला तथा बालबालिका सेवा केन्द्र प्रमुख सरस्वती देवी रेग्मीले जानकारी दिनुभयो ।

पचासमध्ये २० घटना यौनजन्य दुव्र्यवहारसम्बन्धी, १० घरेलु हिंसा, ११ सम्बन्ध विच्छेद, पाँच आर्थिक हिंसा, एक बहुविवाह, एक हाडनाता करणी, एक अंशमुद्दा र एक बेवारिसे अवस्थासम्बन्धी मुद्दा रहेका रेग्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार दर्ता भएका मुद्दामध्ये १३ बागलुङ नगरपालिकाका, पाँच जैमिनीका, तीन गलकोटका, चार ढोरपाटनका, सात काठेखोलाका, दुई ताराखोला, पाँच बडीगाड, चार निसीखोलाका, एक तमानखोलाका र अन्य जिल्लाका छ मुद्दा रहेका छन् । सङ्ख्यात्मकरुपमा बागलुङ नगरपालिकामा धेरै उजुरी देखिए पनि अन्य पालिकामा समस्या भए पनि न्यायका लागि जिल्लासम्म नआएको नगरउपप्रमुख राजु खड्काले बताउनुभयो ।