२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकवानपुरबाट लागुऔषध गाँजासहित एक भारतीय पक्राउ



अ+ अ-

हेटौंडा । मकवानपुर प्रहरीले राक्सिराङ गाउँपालिका–५ चैनपुरबाट लागुऔषध गाँजा सहित एक भारतीय नागरिक पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मोतिहारी बिस्रामपुर बस्ने ५५ वर्षीय राजेस्वर महतो रहेको प्रहरीले जनाएको छ ।

आइतबार दिउँसो २ बजेको समयमा प्रहरी टोलीले मनहरीखोलाको कच्ची सडक बगरमा शङ्कास्पद अबस्थामा पैदल हिडिरहेको महतोलाई सुरक्षाजाँच गर्ने क्रममा शरिरमा डोरीले बाँधी लुकाई छिपाई ल्याएको लागुऔषध गाँजा २ किलो ३ सय ग्राम फेला पारेको हो ।

महतोलाई लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।