६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

नेपालको खराब ब्याटिङ: ५ विकेट गुमायो, सन्दीप ब्याटिङमा

नेपालको खराब ब्याटिङ: ५ विकेट गुमायो, सन्दीप ब्याटिङमा
अ+ अ-

काठमाडौँ । आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा युएईविरुद्ध नेपालले खराब ब्याटिङ गरेको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २५ ओभरमा ५ विकेट गुमाउँदै ९९ रन बनाएको छ ।

अहिले नेपालका भीम सार्की २२ र सन्दीप लामिछाने १८ रनमा क्रिजमा छन् । आरिफ शेख, करण केसी र सोमपाल कामी अघि नै सन्दीपलाई ब्याटिङमा पठाईएको छ । सन्दीप लामिछानेको उत्कृष्ट ब्याटिङमा नै नेपालले यसअघि पीएनविरुद्ध हारिसकेको म्याच जितेको थियो ।

नेपालले चार औं ओभरको दोस्रो बलमा आसिफ शेखलाई गुमाएको थियो । तीव्र गतिका बलर जुनैद सिद्दिकको बलमा ६ रन बनाएर आसिफ आयन खानको हातमा थामिए ।

ज्ञानेन्द्र मल्ल नवौं ओभरको अन्तिम बलमा ११ रनमा एलबीडब्लू आउट भए । ज्ञानेन्द्रले २६ बल २ चौका प्रहार गरे । ज्ञानेन्द्र यसअघिका तीन खेलमा पनि ६, ० र ४ रनमा आउट भएका छन् । यस्तै, कप्तान रोहित पौडेल पनि १२ औं ओभरको दोस्रो बलमा एक रनमा बोल्ड आउट भए । उनलाई स्पिनर आयन लर्कानले आउट गराए ।

३२ रन जोडेका कुशल मल्ल १५ औं ओभरको पहिलो बलमा युएईका रोहन मुस्तफाको हातबाट बोल्ड आउट भए । कुशलले ३२ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।

१८ औं ओभरको पहिलो बलमा दीपेन्द्रसिंह ऐरी एलबीडब्लू आउट भए ।