• ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

नेपालको खराब ब्याटिङ: ५ विकेट गुमायो, सन्दीप ब्याटिङमा



काठमाडौँ । आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा युएईविरुद्ध नेपालले खराब ब्याटिङ गरेको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २५ ओभरमा ५ विकेट गुमाउँदै ९९ रन बनाएको छ ।

अहिले नेपालका भीम सार्की २२ र सन्दीप लामिछाने १८ रनमा क्रिजमा छन् । आरिफ शेख, करण केसी र सोमपाल कामी अघि नै सन्दीपलाई ब्याटिङमा पठाईएको छ । सन्दीप लामिछानेको उत्कृष्ट ब्याटिङमा नै नेपालले यसअघि पीएनविरुद्ध हारिसकेको म्याच जितेको थियो ।

नेपालले चार औं ओभरको दोस्रो बलमा आसिफ शेखलाई गुमाएको थियो । तीव्र गतिका बलर जुनैद सिद्दिकको बलमा ६ रन बनाएर आसिफ आयन खानको हातमा थामिए ।

ज्ञानेन्द्र मल्ल नवौं ओभरको अन्तिम बलमा ११ रनमा एलबीडब्लू आउट भए । ज्ञानेन्द्रले २६ बल २ चौका प्रहार गरे । ज्ञानेन्द्र यसअघिका तीन खेलमा पनि ६, ० र ४ रनमा आउट भएका छन् । यस्तै, कप्तान रोहित पौडेल पनि १२ औं ओभरको दोस्रो बलमा एक रनमा बोल्ड आउट भए । उनलाई स्पिनर आयन लर्कानले आउट गराए ।

३२ रन जोडेका कुशल मल्ल १५ औं ओभरको पहिलो बलमा युएईका रोहन मुस्तफाको हातबाट बोल्ड आउट भए । कुशलले ३२ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।

१८ औं ओभरको पहिलो बलमा दीपेन्द्रसिंह ऐरी एलबीडब्लू आउट भए ।