१२ श्रावण २०८३, मंगलवार
,
Latest
सुनसरी घटनामा न्याय, क्षतिपूर्ति र दोषीमाथि कारबाही हुने प्रधानमन्त्री शाहको प्रतिबद्धता सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान सुनसरी घटना थप जटिल, रास्वपा सभापतिले बोलाए सर्वदलीय बैठक क्यूआर कोड’ बाट पर्यटकलाई सूचना मानव बेचविखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य चिकित्सक सङ्घले बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित देउनिया खोलाको पुलमुनि बेवारिसे शव फेला नेपाल सरकार र जापान सरकारबिच अनुदान सम्झौता सम्पन्न भारत सरकारको सहयोगमा पुनर्निर्मित गुस्तल र प्रथमश्री महाविहारको आगम उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रियल मड्रिड बराबरीमा रोकियो, बार्सिलोनाले भ्यालेन्सियालाई हरायो



अ+ अ-

एजेन्सी । स्पेनिस फुुटबल लिग ला लिगा अन्तर्गत रियल मड्रिड बराबरीमा रोकिएको छ । आइतबार राति सम्पन्न खेलमा रियल मड्रिडले रियल बेटिससँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।

रियल बेटिसको मैदानमा मड्रिडले बराबरी खेल्दै अंक बाँड्नुपरेपछि उपाधि होडमा रियललाई धक्का पुगेको छ ।

अर्कोतर्फ, गएराति नै भएको खेलमा शीर्षस्थानको बार्सिलोनाले संघर्षपूर्ण जित निकालेको छ । उसले भ्यालेन्सियालाई १–० गोलले पराजित गरेको हो । बार्सिलोनालाई महत्वपूर्ण तीन अंक दिलाउन खेलको १५ औं मिनेटमा राफिन्हाले निर्णायक गोल गरे ।

खेलको ५९ औं मिनेटमा रोनान्ड अराओले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा समेटिएको थियो ।

यो नतिजासँगै बार्सिलोनाको २४ खेलबाट ६२ अंक छ । पराजित भ्यालेन्सिया समान खेलबाट २३ अंकसहित १९ औं स्थानमा रहेको छ । यस्तै, रियल मड्रिड ५३ अंकसहित दोस्रो स्थानमा रहँदा रियल बेटिस ४१ अंकका साथ पाँचौं स्थानमा छ ।