५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैंक तथा वित्तिय संस्था ‘शत्रु’ भयोः व्यवसायी प्रसाई



अ+ अ-

काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईले बैंक तथा वित्तिय संस्थाहरुलाई ‘शत्रु’को संज्ञा दिनु भएको छ ।

आईतबार काठमाडौंको माईतीघरमा आयोजित एक कार्यक्रममा उहाँले बैंक तथा वित्तिय संस्थाहरुले साथ दिने भन्दा पनि शत्रुको व्यवहार गरेको भन्दै आपत्ति समेत जनाउनु भयो । सर्वहारा वर्गलाई मारमा पार्ने काम गरेकाले आफूले बैंक तथा वित्तिय संस्थाहरुको विरोधमा आन्दोलनकोनै सुरुवात गर्नु परेको उहाँले जिकीर गर्नु भयो । प्रसाईले १७ लाख परिवारको घर बैंक तथा वित्तिय संस्थाहरुले लिलामी गर्ने सूचना आफूले पाएको दावी समेत गर्नु भयो ।

उहाँले भन्नु भयो,‘बैंक, लघुवित्त, सहकारीहरुले साथ दिने होइन, सत्रुको रुपमा व्यवहार गर्ने काम भयो । आफ्नै घरमा समेत बस्न नदिने अवस्थामा बैंकहरुले पु¥याए । त्यसो भएपछि आफूहरुले आन्दोलन नै सुरु गर्नु प¥यो ।’

प्रसाईले राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाऊ महाअभियान संचालन गर्ने भन्दै काठमाडौंमा शनिबार (हिजो)बाट आन्दोलनको कार्यक्रम सुरु गर्नु भएको छ । त्यसक्रममा उहाँका समर्थकहरुले गणतन्त्र, संघीयता खारेज हुनुपर्ने जिकीर गर्दै प्रर्दशन गरेका गरिरहेका छन । गणतन्त्रमा नेता धनि हुने, जनता बैंकहरुको महंगो ब्याज तिर्न नसकेर आत्मदाह गर्नुपर्ने अवस्था आएकोले आफूहरुले विरोध गर्नु परेको प्रसाईको भनाई थियो ।