५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

क्यानडाको एक गाउँमा किन लाग्यो जताततै ‘डढेलो’ ?

क्यानडाको एक गाउँमा किन लाग्यो जताततै ‘डढेलो’ ?
अ+ अ-

काठमाडौं । एउटा जङ्गली डढेलोले क्यानडाको अहिलेसम्मकै उच्च तापक्रम पुगेको गाउँको ९० प्रतिशत भागमा असर पुर्‍याएको स्थानीय सांसद् ब्राड भिसले बताएका छन्। ब्रिटिश कोलम्बियास्थित लीटन गाउँ र वरपर रहेका पूर्वाधारमा धेरै क्षति पुर्‍याएको उनले बताएका हुन्।

लीटनका मेयर ज्यान पोल्डरम्यानले भने 'जीवन जोगाउन सकेकोमा आफू भाग्यमानी भएकोू बताएका छन्। "लीटनको धेरै क्षेत्र बाँकी रहने छैन," उनले भने। "जताततै डढेलो लागेको छ।" पोल्डरम्यानले भने, आफ्नो नगरलाई डढेलोले नराम्ररी प्रभावित गरेको छ। यसअघि उनले डढेलो जम्मा १५ मिनेटमा पुरै गाउँमा फैलिएको र आफूहरूले मानिसहरूलाई अन्यत्र सार्न निर्देशन दिएको बताएका थिए।

यो साता उक्त गाउँमा क्यानडामा अहिलेसम्मकै उच्च ४९.६ डिग्री सेल्सियस तापक्रम पुगेको बताए। पश्चिम क्यानडाको ब्रिटिश कोलम्बियामा पाँच दिनभित्र ४८६ जनाको मृत्यु भएको छ जुन अहिलेसम्मकै धेरै हो। सामान्य अवस्थामा औसत मृत्यु १६५ हुने गर्थ्यो।

प्रमुख कोरोनेर लिजा लपोइन्टीले डढेलो लाग्नुको कारण मौसम भएको बताएकी छन्। विगत ३ देखि ५ वर्षभित्र पश्चिम प्रान्तमा गर्मीका कारण केवल तीनजनाको मात्रै मृत्यु भएको थियो। त्यसरी ज्यान गुमाउने धेरैजसो हावा प्रवाहको राम्रो व्यवस्था नभएका घरमा एक्लै बस्नेहरू रहेको लपोइन्टीले बताइन्।

लीटनमा के भएको थियो ?

धुवाँ र आगोको लप्का गाउँतिर आउन थालेपछि स्थानीय बासिन्दाहरू आफ्ना सामानहरू बिना नै त्यहाँबाट अन्यत्र सरेका थिए। उक्त गाउँमा करिब २५० जना मानिस बस्छन् र त्यो भ्यानकुभरभन्दा २६० किलोमिटर टाढा उत्तर-पूर्वमा पर्छ। "१५ मिनेटमा पुरै गाउँलाई डढेलोले ढाकेको थियो," मेयर पोल्डरम्यानले बीबीसीसँग भने।

"मानिसहरूले आफ्ना घरपालुवा जनावर च्यापे, घरको साँचो लिए र कारमा चढेर अन्यत्र गए।" सीबीसीकी मौसमविद् जोआना वाग्स्टाफले बुधवार साँझ ७१ किलोमिटर प्रतिघण्टाको हावाको बेग समुदायतर्फ आएको बताएकी छन्। तातो, सुख्खा र तीव्र हावाको उक्त अवस्थामा उक्त क्षेत्रमा आगो प्रतिघण्टा १० देखि २० किलोमिटरको वेगमा रहनसक्छ।

उक्त गाउँमा बस्ने बासिन्दाहरूलाई नजिकैका समुदायहरूमा जान सुझाइएको थियो जहाँ बस्ने केन्द्रहरू बनाइँदै थियो। ब्रिटिश कोलम्बियाको डढेलो नियन्त्रण गर्ने निकायले भने अन्य क्षेत्रलाई पनि आफ्ना सदस्यहरूलाई उपकरणसहित प्रभावित क्षेत्रमा अग्नि नियन्त्रणका लागि पठाउन भनेको छ। (बीबीसी)