• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित ★   गृहमन्त्रीको विरोधमा संसद् भवन अगाडि नेविसंघको प्रदर्शन, ११ जना पक्राउ– तस्बिरहरु ★   संसदमा काँग्रेसले असभ्य व्यवहार देखायोः ओली ★   युरो कपका लागि जर्मनीको टोली घोषणा ★   डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट ★   राजनीतिक दल सम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय ★   काँग्रेसको अवरोधपछि जेठ ६ गतेसम्मका लागि राष्ट्रियसभाको बैठक स्थगित ★   उपप्रधानमन्त्री लामिछानेलाई संसदमा बोल्न दिनुपर्नेमा राप्रपाको जोड ★   हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग ★   सन्दीपलाई मेरिना इम्पेक्सको सुट

अपडेट: प्रधानमन्त्रीको निर्देशनपछि दुर्घटनाका घाइतेको हेलिकोप्टरबाट उद्वार



file

ओखलढुङ्गा । ओखलढुङ्गामा सवारी दुर्घटनमा परी घाइतेभएका १० जनाको हेलिकोप्टरमार्फत उद्वार गरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुर्घटनाका सबै घाइतेको तत्काल उद्वार र उपचार गर्न सचिवालयमार्फत निर्देशन दिएपछि नेपाली सेना र कैलाश एयरको हेलिकोप्टरबाट उद्वार गरी उपचारका लागि काठमाडौं पठाइएको हो ।

दुर्घटनाका परी गम्भीर घाइतेहरु चिशंखुगढी गाउँपालिका–३ का चालक २५ वर्षिय सुमन कार्की, २६ वर्षे शर्मिला श्रेष्ठ, वडा नं। १ का २२ वर्षे खेमबहादुर खत्रि र वडा नं।२ का ४० वर्षे केन्द्रबहादुर कार्कीलाई उपचारका लागि कैलाश एयर हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायब उपरिक्षक दीपक केसीले बताउनुभयो ।

उहाँका अनुसार नेपाली सेनाको हेलिकोप्टरबाट चिशंखुगढी गाउँपालिका–२ की १३ वर्षे आयुशा श्रेष्ठ, सोही वडाका ५७ वर्षे तिलकुमारी श्रेष्ठ, सिद्धिचरण नगरपालिका(१० बेतेनीकी ४० वर्षे तुलसा धमला र उहाँका दुई वर्षीय छोरा विनय धमला, चिशंखुगढी–३ की चार वर्षीय लरिसा श्रेष्ठ र सोही स्थानकी ५० वर्षीय तिर्थलक्ष्मी श्रेष्ठलाई उपचारका लागि काठमाडौँ पठाइएको छ ।

उद्वार गरिएका सबै घाइतेको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार सुरु भएको छ । अधिकांश घाइतेहरुको टाउको र अनुहारमा गहिरो चोट लागेको छ ।

दुर्घटनामा परी घाइते भएकामध्ये दुई जनाको ओखलढुङ्गा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । जिल्लाको मोलुङ गाउँपालिका–१ की ३५ वर्षीय जानुका धमला र उनका चार वर्षीय छोरा कोशिस धमलाको ओखलढुङ्गा सामुदायिक अस्पतालमा उपचार भइरहेको हो ।

आज बिहान खानीभञ्ज्याङबाट ओखलढुङ्गा सदरमुकाम जाँदै गरेको गरेको ना १ ज ८४७३ नम्बरको बोलेरो जीप दियालेमा दुर्घटना हुँदा दुईजनाको घटना स्थलमै मृत्यु भएको थियो । दुर्घटनामा चिशंखुगढी–३ का ५२ वर्षीय मिनबहादुर श्रेष्ठ र ७० वर्षीय भक्तबहादुर थापाको ज्यान गएको छ ।

बोलेरो जीपमा चालकसहित १४ जना सवार थिए । जीप सडकभन्दा करिब एक सय मिटर तल खसेको थियो । दुर्घटनाको कारण लगायतको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । रासस