२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको केन्द्रीय कमिटी बैठक सुरु, नेपाल पक्ष अनुपस्थित



अ+ अ-

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निबास बालुवाटारमा शुरु भएको छ ।

दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बिघटन भएपछि बोलाईएको बैठकलाई १३ औँ केन्द्रीय कमिटीको बैठकका रुपमा सुरु गरिएको छ । बैठकमा उपाध्यक्ष बामदेब गौतम पनि सहभागी हुनु भएको छ । तर बरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु अनुपस्थित भएका छन् ।

बैठक सुरु हुनु अघि नेपाल समूहका मध्यमार्गी नेताहरु सुरेन्द्र पाण्डे, भीम आचार्य र गोकर्ण बिष्टले अध्यक्ष ओलीसंग छलफल गर्नुभएको थियो ।