• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई धनुषा लगियो ★   क्रुसले रियल मड्रिड छाड्ने ★   राष्ट्रपति रइसीको अन्त्येष्टि समारोह सुरु ★   अध्यक्ष सिरोहियालाई जनकपुर लैजाने तयारी ★   प्रधानमन्त्रीसँग बङ्गलादेशका वातावरणमन्त्रीको शिष्टाचार भेट ★   कार्यालयबाटै पक्राउ परे कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया ★   समाचार लेखेकै भरमा कसैलाई पक्राउ गरे प्रतिवादमा उत्रिने ऋषि धमलाको चेतावनी ★   रुसमा हाइपरसोनिक वैज्ञानिकलाई देशद्रोहको आरोपमा १४ वर्षको कारागार सजाय ★   सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथा आरोहण ★   कान्तिपुरका अध्यक्ष सिरोहियाले दिए सर्वोच्चमा निवेदन

राष्ट्रिय र अन्तर्राष्ट्रिय घेराबन्दीविरुद्ध लडिरहेको छु– प्रधानमन्त्री प्रचण्ड



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू अहिले राष्ट्रिय र अन्तर्राष्ट्रिय घेराबन्दीविरुद्ध लडिरहेको बताउनुभएको छ ।

शहीद तथा वेपत्ता योद्धा सन्तती फाउण्डेसनले आइतबार राजधानीमा गरेको कार्यक्रममा उहाँले त्यस्तो घेराबन्दीविरुद्ध लड्न पूर्वमाओवादी एक ठाउँमा आउनुपर्ने बताउनुभयो ।

“राष्ट्रियरअन्तर्राष्ट्रिय दबाव र घेराबन्दीविरुद्ध लडिरहेको छु । अरु पनि लडिरहनु भएको छ । हामी एक ठाउँमा केन्द्रित भयौँ भने अजय हुन्छौँ”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “तैँले मैले नभनी फेरि एक ठाउँमा केन्द्रित हुने समय आयो भन्ने महसुस गर्ने हो भने एकतालाई कसैले रोक्न सक्तैन ।”

कार्यक्रममा उहाँले नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लगायत अरू नेताहरूमाझ प्रचण्डले फेरि एकताबद्ध हुन अपिल गर्नुभयो ।

माओवादी शक्तिहरू एकताबद्ध हुँदा त्यसको प्रभाव जबर्जस्त प्रभाव हुने बुझेर नै प्रतिक्रियावादीहरुले विभिन्न भ्रम छरेर घेरा हाल्ने षड्यन्त्र गरिरहेको उहाँको भनाइ थियो ।

“एकचोटी माओवादीहरू एकै ठाउँमा जम्मा भएर लाखौँ जनता सडकमा उतार्ने हो भने प्रतिक्रियावादी शक्तिहरू धेरै कमजोर छन्। माओवादीले फेरि एक पटक विजयको नयाँ यात्रा सुरु गर्न सक्छ”, उहाँले भन्नुभयो ।

यद्यपि उहाँले आफू प्रधानमन्त्री पनि भएकाले धेरै चर्को बोल्दा बिग्रिने अवस्था हुने बताउनुभयो ।