३ पुष २०८२, बिहीबार
,
Latest
मन्त्री महावीरको अनुभब: कछुवा गतिको प्रशासन संयन्त्रबाट काम हुन निकै कठिन धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन् एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

आचारसंहिताका कारण प्रदेश र संघका सांसदहरुको संयुक्त अभिमुखीकरण स्थगित



फाईल फोटो
अ+ अ-

काठमाडौँ । यही फागुन २४ गते आठ दलीय गठबन्धनले गर्न लागेको सांसदहरुको भेला स्थगित भएको छ ।

नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार निर्वाचन आयोगले लागु गरेको आचारसंहिताका कारण प्रदेश र संघका सांसदहरुको संयुक्त अभिमुखीकरण स्थगित भएको हो ।

राष्ट्रपति निर्वाचनको अघिल्लो दिन आठ दलीय गठबन्धनले संघीय सांसद र प्रदेशसभा सदस्यहरुको भेला बोलाएको थियो । आयोगले यही फागुन १७ गतेदेखि चैत ५ गतेसम्मका लागि आचारसंहिता लागु गरेको छ ।

संघीय प्रदेशका सांसदहरुको छुट्टाछुट्टै अभिमुखीकरण भने आठ दलीय कार्यदलले गरिसकेको छ । कार्यदलले बिहीबार संघीय सांसद र शुक्रबार प्रदेशसभा सदस्यहरुलाई शीर्ष नेताहरुले अभिमुखीकरण गर्नुभएको थियो ।

आठ दलीय गठबन्धनबाट राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल उम्मेदवार हुनुहुन्छ ।