१५ भाद्र २०८३, सोमबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा आइएमई ग्रुपको १० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण भोटेकोशी बेसिनका माछा सेवन नगर्न आग्रह ताप्लेजुङ गोल्डकपः झापा-११ सेमिफाइनलमा प्रवेश समानान्तर ग्रुपद्वारा बाढीपीडितका लागि ६३ लाख ३७ हजार सहयोग चेम्बरद्वारा विपद्को समयमा जिम्मेवार भएर व्यापार-व्यवसाय गर्न अपिल भोटेकोशी बाढीः शव पहिचानका लागि डिएनए परीक्षण प्रक्रिया सुरु पहिरोमा ज्यान गुमाएकाहरूको शान्तिको कामना गर्दै स्वयम्भूमा परित्राण पाठ तथा दीप प्रज्ज्वलन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको एक करोड एक लाख सहयोग नुवाकोटबाट त्रिशूलीसम्मको सडक सञ्चालनमा राहत कोषको नाममा नक्कली खाता र क्यूआर बनाएर ठगी, सतर्कता अपनाउन राष्ट्र बैंकको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

आचारसंहिताका कारण प्रदेश र संघका सांसदहरुको संयुक्त अभिमुखीकरण स्थगित



फाईल फोटो
अ+ अ-

काठमाडौँ । यही फागुन २४ गते आठ दलीय गठबन्धनले गर्न लागेको सांसदहरुको भेला स्थगित भएको छ ।

नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार निर्वाचन आयोगले लागु गरेको आचारसंहिताका कारण प्रदेश र संघका सांसदहरुको संयुक्त अभिमुखीकरण स्थगित भएको हो ।

राष्ट्रपति निर्वाचनको अघिल्लो दिन आठ दलीय गठबन्धनले संघीय सांसद र प्रदेशसभा सदस्यहरुको भेला बोलाएको थियो । आयोगले यही फागुन १७ गतेदेखि चैत ५ गतेसम्मका लागि आचारसंहिता लागु गरेको छ ।

संघीय प्रदेशका सांसदहरुको छुट्टाछुट्टै अभिमुखीकरण भने आठ दलीय कार्यदलले गरिसकेको छ । कार्यदलले बिहीबार संघीय सांसद र शुक्रबार प्रदेशसभा सदस्यहरुलाई शीर्ष नेताहरुले अभिमुखीकरण गर्नुभएको थियो ।

आठ दलीय गठबन्धनबाट राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल उम्मेदवार हुनुहुन्छ ।