२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिन प्रचण्डको निर्देशन



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिन निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री दाहालले आठ दलीय गठबन्धन जोगाउन विश्वासको मत दिन निर्देशन दिनुभएको हो ।

सुदूरपश्चिम प्रदेशका माओवादी दलका नेता खगराज भट्टले पार्टी अध्यक्ष प्रचण्डबाट विश्वासको मत दिन आदेश आएको बताए । अध्यक्ष प्रचण्डको भनाई उध्दरी गर्दै उनले भने, ‘विश्वासको मत दिनू, आठ दलीय गठबन्धन कायम राख्नु, सरकार जोगाउनू’ भन्ने निर्देशन आएको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिँदै छन् ।