• ११ असार २०८१, मंगलवार
  •      Tue Jun 25 2024
  •   Unicode
Logo
Latest
★   आन्तरिक वा बाह्य ऋण उत्पादनमूलक क्षेत्रमा खर्च गर्छौँ: अर्थमन्त्री पुन ★   करेन्ट लागेकालाई बचाउन खोज्नेको मृत्यु, अर्का घाइते ★   प्रधानमन्त्रीको आवाजलाई नै नसुनि बजेट पारित भयो: सांसद खतिवडा ★   केदार कार्कीको रिट खारेज, मुख्यमन्त्रीमा हिक्मत कार्कीको निरन्तरता ★   बजेट शतप्रतिशत कार्यान्वयन गर्न सरकारले सामथ्र्य देखाउनुपर्छ: प्रमुख सचेतक बर्तौला ★   टेलिभिजन शोमा गरेको टिप्पणीलाई लिएर स्वस्तिमा र साम्राज्ञीले मागे जसितासँग माफी ★   अस्पताल भर्ना भएपछि पानी सङ्कटको विषयमा जारी भारतिय जलमन्त्रीको भोक हडताल समाप्त ★   आयकर ऐनको दफा ५७ लगानी प्रोत्साहनका लागि संशोधन गरिएको हो: अर्थमन्त्री पुन ★   बलिउड स्टारको पारिश्रमिक लगातार बढेपछि अनिल कपुरले दिए फ्रिमा काम गरेको उदाहरण ★   धनराजको घोषणा: मैले एक रुपैयाँ पनि भ्रष्टाचार गरेको प्रमाण ल्याए राजनीति छोड्छु

कुशलले यूएईविरुद्धको खेल गुमाउने , सन्दीप जोराले प्रतिस्थापन गर्ने



file photo

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर कुशल भुर्तेल घाइते भएका छन् । विश्वकप लिग—२ क्रिकेटअन्तर्गत त्रिदेशीय शृंखला खेल्न यूएई पुगेका कुशललाई ग्रोईन ईन्जोरी भएको क्यानले जानकारी दिएको छ ।

क्यानका अनुसार ईन्जोरीका कारण कुशलले सोमबारको खेल गुमाउने छन् । सोमबार हुने यूएईविरुद्धको खेलमा उनको ठाउँमा सन्दीप जोराले प्रतिस्थापन गर्ने भएका छन् ।

क्यानले कुशल घाइते भएको जानकारी दिँदै भनेको छ, ‘हामी कुशल भुर्तेललाई मैदानमा मिस गर्नेछौँ । तर हामीलाई थाहा छ ऊ पहिलेभन्दा बलियो भएर फर्किने छ ।’

कुशलले दुई साता अघि नामिबियालाई हराउन १ सय १५ रनको शतकीय इनिङ खेलेका थिए । उनको शतकको सहयोगमा नेपालले आफ्नो एकदिवसीय अन्तराष्ट्रिय इतिहासमा सर्वाधिक २ सय ८६ रनको विजयी लक्ष्य पूरा गरेको थियो । त्यसबाहेक अन्य खेलमा भने उनले राम्रो प्रदर्शन गर्न सकेका थिएनन् ।