काठमाडौं । चीनबाट न्यूनतम १० लाख डोज कोरोनाविरुद्धको खोप (साइनोफार्म खोप) नेपाल आइपुग्ने भएको छ ।
आउँदो बिहीबार सो परिमाणको खोप ल्याउन नेपाल वायुसेवा निगमको जहाज बेइजिङ जाने भएको हो ।
खोप ढुवानीका लागि केही दिनमै साइनोफार्मलाई अनुरोध गरिएपनि बिहीबार जाने निश्चित भएको हो ।