• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

एस्टन भिल्लाले क्रिस्टल प्यालेसलाई हरायो



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत एस्टन भिल्लाले जित निकालेको छ । शनिबार राति सम्पन्न खेलमा भिल्लाले क्रिस्टल प्यालेसलाई १–० गोलले पराजित गरेको हो ।

भिल्लाले उक्त गोल उपहारस्वरुप पाएको थियो । खेलको २७ औं मिनेटमा क्रिस्टलका जोकिम एन्डरसनले आत्मघाती गोल गरेका थिए ।

यो नतिजासँगै २५ खेलबाट ३४ अंकसहित एस्टन भिल्ला तालिकाको ११ औं स्थानमा रहँदा समान खेलबाट २७ अंकसहित क्रिस्टल १२ औं स्थानमा रहेको छ ।