२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वामदेवलाई ओलीले भने, ‘तपाईं अब आउने-जाने होइन सधैँ आइरहनुपर्छ’



अ+ अ-

काठमाडौं ।  नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ  ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ उपाध्यक्ष वामदेव गौतमलाई बैठकमा आएकोमा स्वागत गर्दै अब निरन्तर आइरहन आग्रह गरेका छन् ।

बैठकमा वामदेव सहभागी भएपछि ओलीले खुसी व्यक्त गरेका हुन् । नेकपा विभाजन र एमाले पुनःस्थापनापछि पार्टी बैठकमा गौतमको यो पहिलोपटक सहभागिता रहेको छ ।

‘कमरेड वामदेव गौतम पार्टी एकता जोगाउन यो बैठकमा आउनुभएको छ । उहाँलाई स्वागत गर्दै अन्य कमरेडहरूलाई पनि भोलि हुने बैठकमा सहभागी हुन आग्रह गर्दछु । वामदेवजीलाई पनि आउने-जाने क्रम जारी नगरी निरन्तर आइरहन अनुरोध गर्छु ।’ओलीले भने ।