२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको केन्द्रीय कमिटीको १३औं बैठक सम्पन्न, छ बुँदे प्रस्ताव पारित



अ+ अ-

काठमाडौं । नेकपा(एमाले)को केन्द्रीय कमिटीको १३ औं बैठक सम्पन्न भएको छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षता रहेको थियो भने महासचिव ईश्वर पोखरेलले बैठक संचालन गर्नुभएको थियो।

बैठकले छबुदे प्रस्ताव पारित गरेको छः

-पुष्पलाल, मनमोहन र मदन लगायतका अग्रजहरुप्रती सम्मानस कोभिडबाट मृत्युबरण गर्नुहुने  सबैप्रति श्रद्धाञ्जली,सम्पूर्ण संक्रमितहरुप्रती  स्वास्थलाभको कामना

-बाढीपहिरोबाट ज्यान गुमाउनुहुनेप्रती श्रदासुमन अर्पण, घाइतेहरुको स्वास्थ्यलाभको कामना र बिस्थापितहरुको दीगो पुनर्स्थापना

-वरिष्ठ नेता झलनाथ खनालको सिघ्र स्वास्थ्यलाभको कामना र पार्टीको तर्फबाट उपचार खर्चको व्यवस्था गरिने

-पार्टीको आन्तरिक समस्या समाधानार्थ आह्वान गर्ने र चिनिया कम्युनिस्ट पार्टी स्थापनाको सयवर्षको उपलक्ष्यमा चिनले प्राप्त गरेका उपलब्धिका लागि चिनिया जनताप्रती हार्दिक बधाई ज्ञापन गरेको छ। 

यस्तै आजको बैठकमा वामदेव गौतमले 'म तपाईंसङ्ग आएको छु फर्केर जान्न, ननिकालेसम्म एमालेमा बसिरहन्छु। मलाई जिम्मेवारी दिएमा तपाईंको सहमतिमा म एकता गराउनेछु।' भन्दै प्रतिवद्धता जनाएका थिए । 

आजको बैठकमा वामदेव गौतम, हरि पराजुली, गणेश पहाडी लगायतका केन्द्रीय सदस्यहरु पार्टी विवादपश्चात् पहिलोपटक उपस्थित भएका थिए ।