२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो २०२० क्वाटरफाइनलः आज दुई खेल हुँदै



अ+ अ-

एजेन्सी । युरो २०२० अन्तर्गत आज (शुक्रबार) क्वाटरफाइनलका दुई खेलहरु हुँदैछन् । रसियाको क्रेस्टोभ्स्की स्टेडियममा स्वीट्जरल्यान्ड र स्पेनबीच पहिलो खेल हुँदैछ । 

यी दुई टिमबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । स्वीट्जरल्यान्डले अन्तिम १६ मा फ्रान्सलाई पेनाल्टीमा हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको हो भने स्पेनले क्रोएशियालाई ५-३ गोलले पराजित गर्दै स्वीट्जरल्यान्डसँगको भेट पक्का गरेको हो । 

यस्तै आज राति नै बेल्जियम र इटालीबीचको प्रतिक्षित खेल हुँदैछ ।  यी दुई बिचको खेल जर्मनीको म्युनिखमा रहेको एलियान्ज एरेना मैदानमा राति १२ः४५ बजे सुरु हुनेछ । 

अन्तिम १६ मा बेल्जियमले पोर्चुगललाई र इटालीले अष्ट्रियालाई पराजित गरेको थियो ।