२९ भाद्र २०८३, सोमबार
,
Latest
जग्गा तथा आवास निर्माण प्रदर्शनी आयोजना हुँदै तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी पुनःस्थापनामा स्रोतको कमी हुन दिँदैनौँ : प्रधानमन्त्री शाह नागरिक लगानी कोषको पुँजी, लगानी र सञ्चालन दायरा विस्तार गर्नेगरी नयाँ कानुन बन्दै कन्काइ पुल अलपत्र पार्नेलाई जरिवाना देउवा पक्षद्वारा संस्थापनको महाधिवेशनसम्बन्धी निर्णय अस्वीकार नेवार समुदायमा चथा पर्व मनाइँदै ट्रम्प प्रशासनद्वारा विद्युत् केन्द्रका कार्बन उत्सर्जन सीमा खारेज गर्ने तयारी उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो २०२० क्वाटरफाइनलः आज दुई खेल हुँदै



अ+ अ-

एजेन्सी । युरो २०२० अन्तर्गत आज (शुक्रबार) क्वाटरफाइनलका दुई खेलहरु हुँदैछन् । रसियाको क्रेस्टोभ्स्की स्टेडियममा स्वीट्जरल्यान्ड र स्पेनबीच पहिलो खेल हुँदैछ । 

यी दुई टिमबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । स्वीट्जरल्यान्डले अन्तिम १६ मा फ्रान्सलाई पेनाल्टीमा हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको हो भने स्पेनले क्रोएशियालाई ५-३ गोलले पराजित गर्दै स्वीट्जरल्यान्डसँगको भेट पक्का गरेको हो । 

यस्तै आज राति नै बेल्जियम र इटालीबीचको प्रतिक्षित खेल हुँदैछ ।  यी दुई बिचको खेल जर्मनीको म्युनिखमा रहेको एलियान्ज एरेना मैदानमा राति १२ः४५ बजे सुरु हुनेछ । 

अन्तिम १६ मा बेल्जियमले पोर्चुगललाई र इटालीले अष्ट्रियालाई पराजित गरेको थियो ।