५ भाद्र २०८३, शुक्रबार
,
Latest
सवारी दुर्घटनामा दुई जनाको मृत्यु सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ गान्धीद्वारा लेखिएका ‘नोट’ हरू एक करोड ७० लाख डलरमा बिक्री सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै रुपन्देही महासङ्घ पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि ८ हजारभन्दा बढी फोटोबीच मिथुन कुँवर बने नेपालिज इन फोटोग्राफीको ग्रान्ड प्राइज विजेता चलचित्र ‘बुकी’को ‘तनमनमा भलिबल’ गीत सार्वजनिक राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

ए डिभिजन लिगः नवप्रवेशी टिम खुमलटार विजयी



अ+ अ-

काठमाडौँ । नवप्रवेशी फुटबल क्लब एफसी खुमलटारले शहीद स्मारक ए डिभिजन लिगमा विजयी शुरुवात गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रवार भएको उद्घाटन खेलमा फ्रेण्ड्स क्लवलाई १–० गोल अन्तरले हराउँदै खुमलटारले सुखद् शुरुवात गरेको हो । खुमलटारको जितमा मेसुके ओलुमोउले निर्णायक गोल गरेका थिए । उनले ८९ औं मिनेटमा आएर गोल गरेका थिए ।

खेलको १८ औं मिनेटमा श्यामबाबु क्यापछाकीको क्रसमा फ्रेण्ड्सका उत्तम राईले पोस्ट नजिकबाट बाहिर प्रहार गरे । खेलको ७२ औं मिनेटमा १८ यार्ड नजिकबाट खुमलटारका स्टेफन समिरको फ्रिकिक पोस्ट बारमा लागेर फर्किएको थियो । ७५ औं मिनेटमा खुमलटारका मेसुके ओलुमोउको डिबक्स भित्रको हेडर फ्रेण्ड्सका गोलकिपर राजाबाबु थापाले बचाएका थिए ।

८० औं मिनेटमा फ्रेण्ड्सका लक्ष्मण रुचालको फ्रिकिकमा उत्तम राईको हेडर पोस्ट नजिकबाट बाहिरिएको थियो । जितसँगै खुमलटारले पहिलो खेलमा ३ अंक जोडेको छ । तीन मैदानमा आयोजना हुने शीर्ष डिभिजनको लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ । लिग यस पटक दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदानमा हुनेछ । यस पटकको लिगमा कुल १ सय ८२ खेल हुनेछ ।

यस पटकको लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् । फेयर प्ले टोलीले ३ लाख पाउनेछन् । मोस्ट भ्यालुएबल खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र इमर्जिङ प्लेयरले १ लाख ५० हजार रुपैयाँ पाउनेछन् ।

प्रत्येक खेलको विजेता क्लवले म्याच मनीबापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछ भने बराबरी भएका दुई क्लवबीच रकम बराबर बाँडिनेछ । हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।