• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

आशिफ र सन्दीप सम्हालिँदा पिएनजीविरुद्ध नेपालको रोमाञ्चक जित



काठमाडौँ । यूएईमा जारी आइसिसी विश्वकप क्रिकेट लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले पपुवा न्युगिनीविरुद्ध रोमाञ्चक जित निकालेको छ ।

शुक्रबार दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा भएको खेलमा नेपालले पिएनजीलाई तीन विकेटले पराजित गरेको हो । १८० रनको विजयी लक्ष्य पाएको नेपालले ४८ ओभरमा सात विकेटको क्षतिमा लक्ष्य भेट्टायो । नेपालका लागि आशिफ शेखले सर्वाधिक ८६ रनको योगदानी दिए ।

यस्तै, सन्दीप लामिछानेले ३५ रनको योगदानी दिए । सात विकेटको क्षति भइसकेको अवस्थामा आशिफ र सन्दीपले सम्हालिँदै नेपाललाई जित दिलाएका हुन् । आशिफ १३० बलमा ८६ रनमा तथा ५० बल खेलेका सन्दीप ३५ रनमा अविजित रहेका हुन् । यी दुई जोडीले आठौँ विकेटका लागि ७७ रनको साझेदारी गरेपछि नेपालको जित सम्भव भएको हो । नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आठौँ विकेटका लागि यसअघि यति धेरै रनको साझेदारी भएको थिएन ।

यस्तै कुशल मल्लले २६ बलमा २३ रन जोड्दा नेपालका अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । पिएनजीका लागि अशाद भालाले तीन विकेट लिँदा सेसे बाउ र सेमो कमिआले दुई–दुई विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको पिएनजीले ४९.२ ओभरमा अलआउट हुँदै १७९ रन जोड्यो ।

पिएनजीका लागि टोनी उराले ३९ रन जोडे । ५१ बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरे । यस्तै, किप्लिन डोरिगाले ४३ बलमा २६ रन जोड्दा हिरी हिरीले ६३ बलमा ३१ रन जोडे । यसैगरी गाउडी टोकाले ४३ बलमा १५ रन जोड्दा सेसे बाउ ११ रनमा रनआउट भए । कप्तान अशाद भाला ११ रनमै पेभिलियन फर्किए ।

नेपालका लागि सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले दुई–दुई विकेट लिए भने सन्दीप लामिछाने, कुशल मल्ल र करण केसीको नाममा एक–एक विकेट रह्यो ।