• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

मेसीले विश्वविजेता सहकर्मीलाई सुनको आइफोन १४ उपहार दिने



एजेन्सी । अर्जेन्टिनी फुटबल टोलीका कप्तान एवं फ्रेन्च क्लब (पेरिस सेन्ट जर्मेन)का स्टार फरवार्ड लियोनल मेसीले ३५ वटा सुनबाट नीर्मित आइफोन १४ अर्डर गरेका छन् ।

समाचारम जनाइए अनुसार मेसीले गत डिसेम्बरमा कतारमा सम्पन्न विश्वकपको उपाधि जितेको खुसियालीमा आफ्ना सहकर्मीहरूलाई उपहार स्वरूप प्रदान गर्न ती आइफोन अर्डर गरेका हुन् ।

‘द सन’काअनुसार ती आइफोनमा २४ क्यारेट सुनको पाता लगाइएको छ । पछिल्लो भागमा खेलाडीले लगाउने जर्सीको अंक र नाम लेखिएको छ भने तीन तारा भएको अर्जेन्टिना फुटबल संघको लोगो रहेको छ ।

ती सबै आइफोनको मूल्य १ लाख ७५ हजार पाउण्ड (२ करोड ७७ लाख ८०) हजार नेपाली परेको छ ।

उक्त आइफोन डिजाइन गर्ने कम्पनी आइडिजाइनका सिइओ बेन लियोन्सका अनुसार मेसीले विश्वकपको फाइनल जितेपछि ती आइफोन अर्डर गरेका थिए ।

गत डिसेम्बर १८ मा फ्रान्समाथि रोमाञ्जक जित निकाल्दै अर्जेन्टिना तेश्रो पटक फिफा विश्वकप च्याम्पियन भएको थियो । उक्त प्रतियोगितामा मेसी सर्वोत्कृष्ट खेलाडी समेत भएका थिए । उनले प्रतियोगिता भरी सात गोल गरेका थिए ।