• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

शून्य रनमै आउट भए भुर्तेल, नेपाललाई पहिलो ओभरमै झट्का



काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी आइसिसी विश्वकप क्रिकेट लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले अहिले पपुवा न्युगिनी (पिएनजी) विरुद्ध खेल्दैछ ।

दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा जारी खेलमा पिएनजीले दिएको १८० को लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको नेपाललाई पहिलो ओभरमै झट्का लागेको छ । ओपनर कुशल भुर्तेल शून्य रनमै आउट भएका हुन् ।

भुर्तेललाई पिएनजीका सेमो कमिआले पहिलो बलमै आउट पार्दै पेभिलियन फर्काए ।