२७ भाद्र २०८३, शनिबार
,
Latest
पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप लिग टूः पिएनजीले दियो नेपाललाई १८० रनको विजयी लक्ष्य



अ+ अ-

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी आइसिसी विश्वकप क्रिकेट लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले अहिले पपुवा न्युगिनी (पिएनजी) विरुद्ध खेल्दैछ ।

टस जितेर पहिले ब्याटिङ थालेको पिएनजीले नेपालसामु १८० लक्ष्य दिएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा जारी खेलमा पिएनजीले ४९.२ ओभरमा अलआउट हुँदै १७९ रन जोड्यो ।

पिएनजीका लागि टोनी उराले ३९ रन जोडे । ५१ बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरे । यस्तै, किप्लिन डोरिगाले ४३ बलमा २६ रन जोड्दा हिरी हिरीले ६३ बलमा ३१ रन जोडे । यसैगरी गाउडी टोकाले ४३ बलमा १५ रन जोड्दा सेसे बाउ ११ रनमा रनआउट भए । कप्तान अशाद भाला ११ रनमै पेभिलियन फर्किए ।

नेपालका लागि सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले दुई–दुई विकेट लिए भने सन्दीप लामिछाने, कुशल मल्ल र करण केसीको नाममा एक–एक विकेट रह्यो ।

२०१९ देखि जारी रहेको विश्वकप लिग टूको सिरिजमा नेपालको यो विदेशमा हुने अन्तिम त्रिकोणात्मक सिरिज समेत रहेको छ ।

नेपाल ३० खेलमा १३ मा जित र १५ मा हारसहित छैटौं स्थानमा छ भने पिएनजी ३० खेलमा ३ मा जित र २६ मा हारसहित अंक तालिकाको पुछारमा रहेको छ ।

नोटः यसअघि १७९ रनको लक्ष्य भनिएकामा १८० रनको लक्ष्य बनाई सच्याइएको छ ।