• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

विश्वकप लिग–२: पिएनजीले ७ विकेट गुमायो



काठमाडौँ । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा पपुवा न्युगिनी ले ७ विकेट गुमाएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा भईरहेको खेलमा दिपेन्द्र सिङले नेपालको लागि सातांै विकेट लिएका हुन् ।

६३ बलमा ३१ रन बनाएका पिएनजीका हिरी हिरीलाई दिपेन्द्रको बलमा कुशल मल्लले क्याट आउट गरेका हुन् । यस अघि नेपाललाई छैठौ र पाचौ सफलता पनि दिपेन्द्रले नै दिलाएका थिए । उनको बलमा चाद सोपर रन आउट भएका थिए । गाउडि टोकालाई पनि उनैले आउट गराएका थिए ।

कुशल मल्लले नेपाललाई चौथो विकेट दिलाएका थिए । १९ बलमा ११ रन बनाएका आसाद भाला कुशलको बलबाट एलबिडब्ल्यू आउट भएका थिए ।

नेपालको लागि तेस्रो सफलता सोम्पाल कामिले दिलाएका थिए । उनले टोनि उरालाई ३९ रनमा आउट गराए । त्यसैगरी, पपुवा न्युगिनीका सेसे बाउ कुशलको बलमा ११ रन बनाएर आसीफ शेखको डाईरेक्ट हिटमा रन आउट हुदा नेपाललाई दोस्रो सफलता मिलेको थियो ।

स्पिनर सन्दीप लामिछानेले नेपाललाई पहिलो सफलता दिलाएका थिए । उनले पपुवा न्युगिनीका ओपनर किप्लीन डोरीगालाई एलबिडब्ल्यू आउट गराएका थिए । डोरीगा ४३ बलमा २६ रन बनाएर आउट भएका थिए ।

यो समाचार तयार पार्दासम्म पपुवा न्युगिनीले ४५ ओभरमा ७ विकेटको क्षतिमा १५५ रन बनाएको छ ।