१३ श्रावण २०८३, बुधबार
,
Latest
सुनसरी घटना: रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै गुरु किन चाहियो ?  सुनसरी घटना: आक्रोश, बदलाको भावना र उत्तेजनामा नबग्न प्रधानमन्त्री शाहको अपिल सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान सुनसरी घटना थप जटिल, रास्वपा सभापतिले बोलाए सर्वदलीय बैठक क्यूआर कोड’ बाट पर्यटकलाई सूचना मानव बेचविखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य चिकित्सक सङ्घले बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित देउनिया खोलाको पुलमुनि बेवारिसे शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा तिवारी



अ+ अ-

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा प्रतापबाबु तिवारी नियुक्त हुनुभएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभागीय प्रमुखहरुको जिम्मेवारी हेरफेर गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जिम्मेवारी तिवारीलाई दिइएको हो ।

तत्कालीन महाप्रबन्धक प्रेमनाथ ठाकुर घुस मागेको अभियोमा निलम्बनमा परेपछि उक्त पद रिक्त थियो । विमानस्थलमा प्रमुखको जिम्मेवारी निभाइसकेका तिवारी हाल नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानमा प्रमुख हुनुहुन्थ्यो । प्रतिष्ठानमा अहिले देवचन्द्रलाल कर्णलाई पठाइएको छ ।

त्यस्तै भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुखको जिम्मेवारी हंसराज पाण्डेलाई दिइएको छ । उहाँ एभिएसन सर्भिसेज निर्देशनालयको प्रमुख जिम्मेवारीमा हुनुहुन्थ्यो । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले यसै साता अवकास पाउँदै हुनुहुन्छ ।