२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न थाल्यो News Polar कुरिनटारस्थित इच्छाकामना आधारभूत अस्पताल : नयाँ भवन बन्यो, आवश्यक जनशक्ति छैन News Polar विद्यालयको सुरक्षा गर्न खैराङका सामुदायिक विद्यालयमा ‘घेराबारा’ News Polar बेगमा वडा र स्वास्थ्यचौकीको भवन निर्माण News Polar सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट News Polar आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती News Polar दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै News Polar सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार News Polar भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या News Polar काभ्रेका अवैध क्रसर–खानीलाई मापदण्डमा आउन समयसीमा News Polar नेपालगन्जमा ऐतिहासिक रामलीला सुरु News Polar बालउद्धार माविका प्राचार्य कुटपिट प्रकरणमा दुई जना पक्राउ News Polar बूढीगण्डकी बाढीः चार जलविद्युत् आयोजनामा क्षति News Polar बेरुजु घटाउन मुख्यमन्त्रीको निर्देशन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त , मधु , बिनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर विजयी News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल

पोखरा स्पोर्ट्स अवार्डः ‘वर्ष उत्कृष्ट खेलाडी’ बने नवीन र पार्वती

पोखरा स्पोर्ट्स अवार्डः ‘वर्ष उत्कृष्ट खेलाडी’ बने नवीन र पार्वती
अ अ+ अ-

पोखरा । पोखरामा आज साँझ सम्पन्न ‘पाँचौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड’मा पुरुषतर्र्फ कराँतेका नवीन रसाइली र महिलातर्फ तेक्वान्दोका पार्वती गुरुङ ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित हुनुभएको छ ।

नेपाल खेलकूद पत्रकार मञ्च गण्डकीको आयोजनामा पोखरा रङ्गशालामा भएको अवार्ड वितरण कार्यक्रममा मनोनयनमा पर्नुभएका फुटबलका सुमन अर्याल र टेबलटेनिसका विनेश खनियाँलाई पछि पार्दै रसाइली पुरुषतर्फको विधामा उत्कृष्ट बन्न सफल हुनुभएको समारोहमा घोषणा गरिएको थियो । रसाइलीले उपाधिसहित रु दुई लाख र ट्रफी प्राप्त गर्नुभयो । उहाँले १३ औँ सागमा स्वर्ण पदक जित्नुभएको थियो । 

यसैगरी महिलातर्फ तेक्वान्दोका गुरुङले साइक्लिङका जमुना थापा र तेक्वान्दोका प्रशंसा क्षेत्रीलाई पछि पारी उत्कृष्ट घोषित हुँदै रु दुई लाख र ट्रफी प्राप्त गर्नुभयो । गुरुङ नेपाल प्रहरीमा कार्यरत हुनुहुन्छ । उहाँले पनि १३ औँ सागमा स्वर्ण पदक हात पार्नुभएको थियो ।

वर्ष उदीयमान खेलाडीको अवार्ड पौडी खेलका दुवाना लामाले जित्न सफल हुनुभयो । मनोनयनमा पर्नुभएका लनटेनिसका प्रदीप खड्का र क्रिकेटका विपिन खत्रीलाई पछि पार्दै दुवानाले अवार्ड हात पार्न सफल हुनुभएको हो । लामाले १३ औँ सागमा छ काश्य पदक जित्न सफल हुनुभएको थियो । 

यसैगरी वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड बक्सिङका सुरेश मल्ल ठकुरीले हात पार्न सफल हुनुभयो । उहाँले पौडीका आनन्द कुँवर र फुटबलका किरण श्रेष्ठलाई उछिन्दै उत्कृष्ट प्रशिक्षकको अवार्ड जित्न सफल हुनुभएको हो । मल्लको प्रशिक्षणमा नेपालले सागमा तीन स्वर्णसहित १० पदक जितेको थियो । 

वर्ष उत्कृष्ट खेल सङ्घको अवार्ड कास्की जिल्ला आर्चरी सङ्घले प्राप्त गरेको छ । यसैगरी वर्ष उत्कृष्ट खेलकूद पत्रकारिता अवार्ड, २०७६ बाट सन्देश श्रेष्ठ र विसं २०७७ बाट केशव पाठक पुरस्कृत हुनुभयो । हरेक विधामा उत्कृष्ट खेलाडी, खेल सङ्घ र खेलपत्रकारलाई जनही रु ३५ हजार, ट्रफी र सम्मानपत्र प्रदान गरिएको थियो ।
 
पूर्वफुटबल खेलाडी एवं जिल्ला फुटबल सङ्घका पूर्वअध्यक्ष आनन्द रञ्जित लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित हुनुभयो । उहाँलाई चाँदीको करुवा, ताम्रपत्र, ट्रफी र दोसल्लाबाट सम्मान गरिएको थियो ।
 
अवार्ड विजेताहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला, पोखरा महानगर उपप्रमुख मञ्जुदेवी गुुरुङ, राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेशकुमार गुरुङ, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य त्रिभुवन पौडेल, मञ्चका अध्यक्ष एकराज गिरीले पुरस्कार प्रदान गर्नुभएको थियो । 

कार्यक्रममा मुख्यमन्त्री नेपालीले खेलकूद क्षेत्रको विकासका लागि सबैसँग हातेमालो गरेर अघि बढ्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको  विस्तृत आयोजना प्रतिवेदन तयार भइसकेको बताउँदै उहाँले खेलकूद पूर्वाधार निर्माणलाई सरकारले बजेट कार्यक्रममा समावेश गरेको जानकारी दिनुभयो । 

अघिल्लो वर्षसमेत कोरोनाका कारण सञ्चालन हुन नसकेको अवार्ड यसवर्ष विसं २०७६र७७ दुई वर्षलाई जोडेर संयुक्तरूपमा प्रदेशस्तरको प्रतिनिधित्व हुने गरी वितरण गरिएको मञ्चले जनाएको छ । खेलाडीको दुई वर्षको प्रदर्शनलाई आधार मानेर मनोनयन सार्वजनिक गरिएको र उत्कृष्ट खेलाडी छनोट गरिएको मञ्चका महासचिव विजय नेपालले जानकारी दिनुभयो ।