२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पराग र गुट्खाको लत छुटाउन चाहनुहुन्छ ? आजैदेखि अपनाउनुस यी घरेलु उपाय !



अ+ अ-

काठमाडौं । पराग र गुट्खा खानेलाई मात्र होइन सँगैबस्ने परिवारलाई पनि हानी पु–याउँछ । उमेर पुगेका मानिसले मात्र होइन भर्खरका युवायुवतीहरुको पनि पराग र गुटखा बानी हुन्छ । युवाअवस्थामै गुटखा,पराग खाने बानी लाग्यो भने त्यसको लत छुटाउन निकै कठिन हुने गर्छ । यो ड्रग्सको लत जस्तै हुने गर्छ । यसले गर्दा मुखको क्यान्सर हुने सम्भावना बढी हुन्छ ।

गुटखा र परागमा रहेको कतिपय हानिकारक रसायनका कारण मानिसको डीएनएमा समेत गम्भीर असर पर्ने गर्छ । यसले श्वासप्रश्वास सम्बन्धी विभिन्न रोगहरू पनि निम्त्याउने गर्छ ।

पराग र गुट्खा छोड्नको लागि घरेलु उपाय

अदुवाः पराग र गुट्खाको नशालाई छोड्नको लागि अदुवालाई घरेलु उपायका रुपमा अपनाउन सकिन्छ । अदुवालाई स–सानो टुक्रा पारी कागतीको पानीमा भिजाएर राख्नुपर्छ । त्यसमा थोरै जुवानो र नुन मिसाउनु पर्छ । यसरी बनेको मिश्रणलाई सुकाएर एउटा भाँडामा राखिराख्नुपर्छ ।

जब पराग र गुट्खा खाने लत बस्छ त्यतिबेला अदुवाको मिश्रणलाई चपाईराख्नु पर्छ । यसले परागको आनन्द दिनुका साथै खाना अरुचि र कब्जियतको समस्याबाट पनि छुटकारा मिल्दछ ।

सुकमेलः जिरा, सुकमेल, हरद, सुकेको अमलाको मिश्रणले पनि परागको नशाबाट छुटकारा मिल्न सकिन्छ । जतिबेला पराग खान मनलाग्ने हुन्छ त्यतिबेला यो मुखमा हाल्ने गर्नुपर्छ । यसले ग्याष्ट्रिकबाट छुटकारा मिल्छ ।

महः कागती मिसिएको तातोपानीमा मह मिसाएर पिउँदा पराग र गुटखाको तलतलबाट छुटकारा लिन सकिन्छ । यसले नशाको हानिकारक रसायनलाई पनि नष्ट गर्छ ।

जुवानो: ५०/५० ग्राम जिरा र जुवानोलाई भुटेर मिश्रण गर्ने । यसमा बिरे नुन र कागतीको रस मिलाउनुपर्दछ । यसलाई सुख्खा बनाएर भाँडोमा राखिराख्ने र परागको खान मनलागेको बेला यस मिश्रणलाई मुखमा चपाउनुपर्दछ । यसले ग्याष्ट्रिकको समस्याबाट मुक्त हुन सकिन्छ ।