२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न थाल्यो News Polar कुरिनटारस्थित इच्छाकामना आधारभूत अस्पताल : नयाँ भवन बन्यो, आवश्यक जनशक्ति छैन News Polar विद्यालयको सुरक्षा गर्न खैराङका सामुदायिक विद्यालयमा ‘घेराबारा’ News Polar बेगमा वडा र स्वास्थ्यचौकीको भवन निर्माण News Polar सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट News Polar आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती News Polar दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै News Polar सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार News Polar भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या News Polar काभ्रेका अवैध क्रसर–खानीलाई मापदण्डमा आउन समयसीमा News Polar नेपालगन्जमा ऐतिहासिक रामलीला सुरु News Polar बालउद्धार माविका प्राचार्य कुटपिट प्रकरणमा दुई जना पक्राउ News Polar बूढीगण्डकी बाढीः चार जलविद्युत् आयोजनामा क्षति News Polar बेरुजु घटाउन मुख्यमन्त्रीको निर्देशन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त , मधु , बिनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर विजयी News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल

कांग्रेसमा देखियो विबाद यसरी मिल्यो, आवश्यक प्रक्रिया र कागजपत्र हेरेर निर्णय गर्ने

कांग्रेसमा देखियो विबाद यसरी मिल्यो, आवश्यक प्रक्रिया र कागजपत्र हेरेर निर्णय गर्ने
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यमा देखिएको विवाद समाधान उन्मुख देखिएको छ ।

शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी तथा शिर्ष नेताहरुको बैठकले देशभरिबाट प्रक्रिया पुरा गरेर आएको क्रियाशील सदस्यको नामलाई समावेश गर्ने सहमति जुटाएको हो । नेपाली कांग्रेसको क्रियाशील सदस्यको मनोनयनमा नेता अनुकुलको नाम आएको भन्दै बरिष्ठ नेता राम चन्द्र पौडेल पक्षले सभापति शेर बहादुर देउबाले एकलौटी नाम सिफारिस गरेर पठाएको भन्दै  निष्पक्ष छानवीनको गर्दै सभापतिलाई दबाब दिदै आएको थियो । आज भएको सहमतिमा नविकरण हुने क्रियाशील सदस्य र नयाँ सदस्यको छनौटको प्रक्रिया हेरी छानवीन समितिले निर्णय गर्न सक्ने गरि मापदण्ड पनि बनाएको छ । 

यस्तै विभिन्न पार्टीबाट नेपाली कांग्रेसमा आएकाहरुमा जिल्ला देखि सबै प्रक्रिया पुरागरेर आएको नाम स्वीकृत गर्ने पनि सहमति भएको छ । प्रदेश जिल्ला र वार्ड स्तरमा विवाद नै कायम रहेको क्रियाशील सदस्यको नाममा एकपटक सहमति जुटाउन प्रयास गर्ने सहमति हुननसके छानवीन समितिले आवश्यक प्रक्रिया र कागजपत्र हेरेर निर्णय गर्न सक्ने पनि बैठकमा सहमति जुटेको छ ।  बैठक पछि बोल्दै क्रियाशील सदस्य छानवीन समितिका संयोजक रमेश लेखकले लामो समय देखि बिबादित बनेको क्रियाशील सम्बन्धि बिषयले निकाश पाएको बताउनु भयो ।  यो निर्णय सँगै क्रियाशील सदस्य छानवीन सम्बन्धि कुनै समस्या नरहेको र केहि दिनमा छानविनको काम सम्पन्न गर्न सकिने संयोजक लेखकले जानकारी दिनुभयो । 

महाधिवेशन आउन दुई महिना भन्दा कम समय बाँकी रहेका बेला कांग्रेसभित्र प्रारम्भिक मतदाता मानिने क्रियाशील सदस्यताको टुंगो लाग्न सकेको थिएन । असारभित्र जसरि पनि क्रियाशील सदस्यता विवाद टुंग्याइ सक्नुपर्ने दबाबमा रहेको छानवीन समितिले सदस्यता छानबिनबारे मापदण्ड बनाइदिन पार्टी पदाधिकारीलाई आग्रह गरेको थियो । समितिको आग्रहमा बसेको बैठकले सहमति जुटाए पछि छाविनको काम अगाडि बढ्ने बताइएको छ । कांग्रेशमा पुराना क्रियाशील सदस्यमा धेरै विवाद नरहे पनि समितिले अन्य पार्टीबाट आएका र नयाँ क्रियाशील सदस्यको सिफारिसमा  विवाद देखिएको छ ।