२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न थाल्यो News Polar कुरिनटारस्थित इच्छाकामना आधारभूत अस्पताल : नयाँ भवन बन्यो, आवश्यक जनशक्ति छैन News Polar विद्यालयको सुरक्षा गर्न खैराङका सामुदायिक विद्यालयमा ‘घेराबारा’ News Polar बेगमा वडा र स्वास्थ्यचौकीको भवन निर्माण News Polar सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट News Polar आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती News Polar दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै News Polar सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार News Polar भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या News Polar काभ्रेका अवैध क्रसर–खानीलाई मापदण्डमा आउन समयसीमा News Polar नेपालगन्जमा ऐतिहासिक रामलीला सुरु News Polar बालउद्धार माविका प्राचार्य कुटपिट प्रकरणमा दुई जना पक्राउ News Polar बूढीगण्डकी बाढीः चार जलविद्युत् आयोजनामा क्षति News Polar बेरुजु घटाउन मुख्यमन्त्रीको निर्देशन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त , मधु , बिनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर विजयी News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल

बेहुली बनेको बेइजिङ (फोटोफिचर)

बेहुली बनेको बेइजिङ (फोटोफिचर)
अ अ+ अ-

यतिबेला बेइजिङका चोकहरु चिटिक्क परेका छन्। विगत दुई सातादेखि धुमधामसँग सजाइएका यी चोकमा फोटो खिच्नेहरुको भीड लाग्ने गरेको छ। फराकिला चौबाटोका कुनाहरुमा ताजा फूलका बोट र फूलहरुमार्फत विभिन्न आकृति बनाइएको छ। यी आकृतिहरुले चीनको एक सय वर्षको इतिहासलाई साङ्केतिक रुपमा बोकेका छन्।

चिनियाँ कम्युनिष्ट पार्टी ‘सीपीसी’को एक सयौँ वार्षिकोत्सवका अवसरमा बेइजिङ सिँगारिएर बेहुली जस्तै बनेको हो। सन् १९२१ जुलाई १ तारिख चीनको शाङहाईमा सीपीसी स्थापना भएको थियो। गत बिहीबार अर्थात् जुलाई १ तारिख सीपीसीले एक सयौँ वार्षिकोत्सव मनाएको छ। सीपीसीले गौरवपूर्ण सय वर्षको यात्रा सम्पन्न गरेको खुशीयालीमा बेइजिङका चोकहरु सिँगारेर हर्षोल्लास मनाइएको हो।

बेइजिङ आसपास र चीनका विभिन्न प्रान्तमा पाइने रङ्गीचङ्गी फूलहरु सङ्कलन गरेर चोकमा यस्ता आकृति बनाइएको छ। यसरी सिँगारिने ठाउँमा बेइजिङको केन्द्र भागमा रहेको थिआनआनमन क्षेत्र मुख्य हो। किनभने थिआनआनमन क्षेत्रमा ठूला र मुख्य समारोहहरु आयोजना हुने गरेका छन्। जुलाई १ तारिख बिहीबार बिहान सोही ठाउँमा चीनले सीपीसीको शतवार्षिकोत्सव समारोह आयोजना गरेको थियो। उक्त समारोहलाई सीपीसीका महासचिव सी चिनफिङले महत्वपूर्ण सम्बोधन गर्नु भएको थियो।

त्यसो त थिआनआनमन क्षेत्र हरेक अक्टोबर एक तारिखभन्दा अगाडि भव्य रुपमा सजिने गरेको छ। अक्टोबर १ तारिख चीनको राष्ट्रिय दिवस हो। यसपटक चाहिँ सिँगारिएको उक्त क्षेत्रमा विश्वको ध्यान तान्ने गरी भव्य समारोह पनि आयोजना भयो। थिआनआनमनदेखि एक/एक किलोमिटरका दुरीमा रहेका पूर्व र पश्चिमका चोकलाई पनि विशेष तरिकाले सिँगार्ने गरिएको छ। यी चोकलाई क्रमशः तोङतान र सीतान भनिन्छ। चिनियाँ भाषामा तोङ भनेको पूर्व हो भने सी भनेको पश्चिम हो।

चौबाटोका चारै कुनामा फरक फरक आकृतिहरु बनाइएका छन्। ती आकृतिले चीनले एक सय वर्षमा प्राप्त गरेको उपलब्धिलाई कलात्मक ढङ्गले प्रस्तुत गरेका छन्। आकर्षक र उच्च सीपयुक्त आकृतिहरुमा चिनियाँ कृषि, उद्योग, व्यापार, प्रविधि, संस्कृति, सङ्गीत सबै क्षेत्रलाई समेटिएको देखिन्छ। त्यति मात्र होइन कोरोना महामारीसँग जुध्ने स्वास्थ्यकर्मी र खोपलाई पनि देखाइएको छ। कलिला बालबालिकाबाट चीनको उज्जल भविष्य देखाइएको छ भने पछिल्लो समय चीनले अन्तरिक्षमा प्राप्त गरेको सफलतालाई पनि आकृतिले समेटेको छ। चीनले अगाडि सारेको बीआरआई तथा एपेक लगायतका विभिन्न अन्तर्राष्ट्रिय मञ्चलाई पनि सरल र सहज तरिकाले देखाइएको छ।

हरिया बोटबिरुवा र ढकमक्क फुलेका फूलमाथि उडिरहेका चराहरुले जलवायु परिवर्तन क्षेत्रमा चीनको प्रयास र पछिल्लो समयमा कम कार्बन उत्सर्जन तथा वातावरण संरक्षणमा चीनले पुर्‍याइरहेको योगदानलाई पनि यी आकृतिले आनन्ददायक तरिकाले प्रफुस्टन गरेका छन्। 

मुख्य क्षेत्र थिआनआनमन क्षेत्रको अग्र दुई कुनामा विशाल बोर्ड बनाएर त्यसमा सीपीसीको एक सयौँ वार्षिकोत्सव लेखिएक छ। चोको बीच भागमा रहेको सहिद स्मारकसँगै रातो आधारमा सन् १९२१ र २०२१ लेखिएको छ जसको बिचमा हँसिया र हतौडा राखेर सीपीसीको एक सय वर्षको साङ्केतिक चिन्ह उल्लेख गरिएको छ।

विभिन्न चोक तथा क्षेत्रमा सजाइएका यस्ता आकृतिहरुमा चीनको विकास र उपलब्धिसँगसँगै चिनियाँहरुको खुशी र चम्किलो भविष्य पनि देख्न सकिन्छ।