• १६ जेष्ठ २०८१, बुधबार
  •      Wed May 29 2024
  •   Unicode
Logo
Latest
★   माछा मार्न जाँदा अस्ट्रेलियामा दुई नेपाली विद्यार्थीको मृत्यु ★   प्रतिनिधिसभा : बजेट वक्तव्य टेबुल, आर्थिक विधेयक पेस ★   बजेट स्वागतयोग्य र लगानीमैत्री आएको छ – अध्यक्ष ढकाल ★   सहकारीको रकम अपचलनको छानबिन गर्न संसदीय विशेष समिति गठन, को–को परे ? ★   धेरै पुराना आयोजना अलपत्र हुने किसिमले बजेट आयोः प्रकाशशरण महत ★   नागरिकलाई आत्मविश्वास जगाउने बजेट ★   आर्थिक वृद्धिदर छ प्रतिशत ★   बढेन कर्मचारीको तलब ★   निश्चित रकम भन्दा बढी पुँजी भएका कम्पनीले अनिवार्य धितोपत्र बजारमा सूचिकरण हुनुपर्ने ★   यस्ता छन् सरकारले बजेट मार्फत ल्याएका करसम्बन्धि नयाँ व्यवस्थाहरु

कोपा डेल रेः बार्सिलोनाले रियल मड्रिडलाई हरायो



एजेन्सी । कोपा डेल रे फुटबल प्रतियोगिता अन्तर्गत बार्सिलोनाले जित निकालेको छ । गएराति भएको सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाले चिर प्रतिद्वन्द्वी रियल मड्रिडलाई १–० गोलले पराजित गरेको हो ।

रियल मड्रिडको घरेलु मैदान सान्टियागो बर्नबेउमा भएको एल क्लासिकोमा बार्सिलोनाका लागि विजयी गोल भने उपहारस्वरुप पाएको थियो । खेलको २६ औं मिनेटमा रियलका एडर मिलिसाओले आत्मघाती गोल गरेका हुन् ।

बार्सिलोनाका केसेईले प्रहार गरेको बललाई रियलका गोलकिपर कोर्तुआले खुट्टाले बचाउ गरेपनि फर्किएको बल मिलिसाओलाई लागेर आत्मघाती गोल हुन पुग्यो । ४० औं मिनेटमा रियलले गोल गर्ने अवसर पाएको थियो ।

तर, कार्भाहालको प्रहार आकाशियो । ७२ औं मिनेटमा केसेईले प्रहार गरेको बललाई आफ्नै टिमका अन्सु फातीले छेक्न पुगे । उनले नछेकेको अवस्थामा उक्त बल गोलमा परिणत हुने सम्भावना थियो ।

अब यी दुई टोलीबीचको सेमिफाइनल अन्तरगत नै दोस्रो लेग अप्रिल ६ मा बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा हुनेछ ।