५ भाद्र २०८३, शुक्रबार
,
Latest
सवारी दुर्घटनामा दुई जनाको मृत्यु सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ गान्धीद्वारा लेखिएका ‘नोट’ हरू एक करोड ७० लाख डलरमा बिक्री सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै रुपन्देही महासङ्घ पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि ८ हजारभन्दा बढी फोटोबीच मिथुन कुँवर बने नेपालिज इन फोटोग्राफीको ग्रान्ड प्राइज विजेता चलचित्र ‘बुकी’को ‘तनमनमा भलिबल’ गीत सार्वजनिक राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोपा डेल रेः बार्सिलोनाले रियल मड्रिडलाई हरायो



अ+ अ-

एजेन्सी । कोपा डेल रे फुटबल प्रतियोगिता अन्तर्गत बार्सिलोनाले जित निकालेको छ । गएराति भएको सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाले चिर प्रतिद्वन्द्वी रियल मड्रिडलाई १–० गोलले पराजित गरेको हो ।

रियल मड्रिडको घरेलु मैदान सान्टियागो बर्नबेउमा भएको एल क्लासिकोमा बार्सिलोनाका लागि विजयी गोल भने उपहारस्वरुप पाएको थियो । खेलको २६ औं मिनेटमा रियलका एडर मिलिसाओले आत्मघाती गोल गरेका हुन् ।

बार्सिलोनाका केसेईले प्रहार गरेको बललाई रियलका गोलकिपर कोर्तुआले खुट्टाले बचाउ गरेपनि फर्किएको बल मिलिसाओलाई लागेर आत्मघाती गोल हुन पुग्यो । ४० औं मिनेटमा रियलले गोल गर्ने अवसर पाएको थियो ।

तर, कार्भाहालको प्रहार आकाशियो । ७२ औं मिनेटमा केसेईले प्रहार गरेको बललाई आफ्नै टिमका अन्सु फातीले छेक्न पुगे । उनले नछेकेको अवस्थामा उक्त बल गोलमा परिणत हुने सम्भावना थियो ।

अब यी दुई टोलीबीचको सेमिफाइनल अन्तरगत नै दोस्रो लेग अप्रिल ६ मा बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा हुनेछ ।