२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च  News Polar गाजाका विभिन्न क्षेत्रमा इजरायली आक्रमणः सात प्यालेस्टाइनीको मृत्यु News Polar ऐतिहासिक ‘लङ मार्च’को विरासत बोकेको जुनयी शहरः क्रान्तिकारी स्मृतिसँगै आधुनिक समृद्धितर्फ लम्कँदै News Polar इस्टोनियामा पुराना गाडीहरूको रोमाञ्चक ‘स्क्यार्प–कार र्‍याली’- ६०० मिटर ट्रयाकमा ठोक्किँदै दौडिए ७० सवारी News Polar निकुञ्जमा जिप सफारी सुरु News Polar हराउन थाले दसैँका परम्परागत पिङ News Polar बूढीगण्डकी बाढीको  प्रतिकार्य तीव्रः नेपाल रेडक्रस News Polar अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न थाल्यो News Polar कुरिनटारस्थित इच्छाकामना आधारभूत अस्पताल : नयाँ भवन बन्यो, आवश्यक जनशक्ति छैन News Polar विद्यालयको सुरक्षा गर्न खैराङका सामुदायिक विद्यालयमा ‘घेराबारा’ News Polar बेगमा वडा र स्वास्थ्यचौकीको भवन निर्माण News Polar सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट News Polar आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती News Polar दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै News Polar सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार News Polar भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या News Polar काभ्रेका अवैध क्रसर–खानीलाई मापदण्डमा आउन समयसीमा News Polar नेपालगन्जमा ऐतिहासिक रामलीला सुरु News Polar बालउद्धार माविका प्राचार्य कुटपिट प्रकरणमा दुई जना पक्राउ News Polar बूढीगण्डकी बाढीः चार जलविद्युत् आयोजनामा क्षति

एलिजी बियानिकको ब्याले र योगको उत्कृष्ठ संयोजन

एलिजी बियानिकको ब्याले र योगको उत्कृष्ठ संयोजन
अ अ+ अ-

काठमाडौ ।  योगलाई सामान्यतया पूर्वीय सभ्यताको एक अभिन्न अङ्गका रुपमा लिइन्छ, र उत्पत्ति नै पूर्वीय ऋषिमुनिका कारण भएको ठानिन्छ । हुन पनि योगका विषयमा वेद, पुराण, धर्मशास्त्र समेतका अनेक ग्रन्थमा समेटिएको छ । योगाभ्यासले मानव जीवनलाई शारीरिक र मानसिक रुपमा बलियो, सक्षम र क्षमतावान बनाउँछ भन्ने गरिन्छ । योगको यही महत्तालाई अहिले विश्वभर फैल्याउने प्रयत्न जारी छ, र यसक्रममा पूर्वीय योगविद्याको अतुलनीय योगदान छ । तर के अहिले योग पूर्वीय सभ्यताको पेवा मात्र भएको छ त ? पक्कै होइन । योगका प्रशिक्षक, अध्येता र जानकारहरु अहिले विश्वभर फैलिइसकेका छन् ।

यतिखेर योगको महिमा चुलिइरहेको बखत राजधानी काठमाडौंमा एक फ्रान्सेली किशोरीले राजधानीको एउटा वर्गलाई निकै प्रभावित पारिरहेकी छिन् । नृत्याङ्गना, कलाकार र मोडेलका रुपमा सफलताको शिखर चुम्दै गएकी यी एलिजी बियानिकको अद्भूत योगाभ्यास र बेलीे नृत्यले धेरैलाई मन्त्रमुग्ध बनाउन थालेको छ । “कलालाई मानिसको भित्री आत्मासम्म म गहिरो रुपमा अनुभूत गराउन चाहन्छु” भन्ने यी किशोरीको जन्म फ्रान्समा भएको हो । पेरिसमा ओपेरा ब्याले नृत्य सम्बन्धी तालिम लिएकी प्रतिभाशाली बियानिकले बस्नका लागि नेपाललाई नै किन छानिन् ?

तिनै फ्रान्सेली किशोरी बियानिकसँग मोर्गन लोचुले कुनै साँझ अन्तरङ्ग कुरा गर्दै बियानिकको नेपाल मोह बारेमा जानकारी लिने प्रयास गरिन् । आफूलाई मुख्य रुपमा कलाकार भन्न रुचाउने बियानिक भन्छिन्, “मैले करिअरको सुरुवात ब्याले डान्सरका रुपमा गरेकी थिएँ । यही मेसोमा म विश्वका विभिन्न स्थान घुम्न पाएँ, र अनेक अनुभव हासिल गरें । मैले घर छाड्दा साढे दश वर्षकी मात्रै थिएँ । त्यसयता, म ब्यालेको यात्रामै छु । म जर्मनीमा दुई वर्ष, स्पेनमा एक वर्ष र बेलायतमा सात वर्ष बसें । म नेपालमै बस्न थालेको आठ वर्ष भइसक्यो । मेरा लागि ब्याले सब चिज हो, यसैले मलाई चिनाएको छ र नयाँ नयाँ संस्कृतिका बारेमा बुझ्ने अवसर पाएकी छु ।ब्याले नै यस्तो नृत्य हो, एक पटक सिकेपछि तपाइँले कुनै पनि फर्मको नृत्य गर्न सक्नुहुन्छ किनभने यसले शरीर र मांसपेशीको ठीक ठीक स्थानमा राख्न वा अड्याउन सिकाउँछ ।”

उनी अगाडि भन्छिन्, “म ब्याले गर्दागर्दै दुर्घटनामा पनि परें र घुँडामा चोट लाग्यो । दुर्भाग्यवस, त्यही कारण मैले बेलीेलाई थप उचाईमा लैजान सकिनँ । तर मैले स्टेजमै केही नयाँ गर्न सकिन्छ कि भनेर खोजी गर्न थालें । स्टेज छाड्नु पर्दा मलाई अति पीडा भयो, र त्यही कारण म स्टेजमा नयाँ रुपमा प्रकट हुने सोचमा फेरि पुगें । त्यसपछि मैले थिएटरमा किन नजाने भनेर विचार गरें । मैले नाटकमा काम गर्ने विचार गरें । त्यसपछि म बेलायतको अभिनय (एक्टिङ) स्कुलमा भर्ना भएँ र त्यहाँ मेस्नर विधि सिकें । मेस्नर तालिम एक किसिमको विशेष अभिनय विधि हो जसले कलाकारलाई आफूमा रहेको प्रतिभालाई यथार्थ रुपमा प्रस्तुत गर्न सिकाउँछ । कलाकारले आफ्नो प्रतिभालाई आम मानिससँग जोड्दछ र कुनै कार्यको अभिनय अति यथार्थमा रुपान्तरित गरिदिन्छ । यस विधिले तपाईं को हो, तपाईंको के मा प्रेम छ, तपाईंलाई के मन पर्दैन, के कुराले तपाईंलाई केही गर्न उत्प्रेरित गर्दछ भन्ने कुरा भिन्न तरिकाले सिकाउँछ ।”

सानै उमेरदेखि नृत्य र अभिनयमा रुचि भएकी बियानिकले हरेक प्रस्तुतिमा नयाँ शैली, रचनात्मकता ल्याउने प्रयत्न गर्थिन् । युवावयदेखि नै म एक्लै भएपनि मानिसका बारेमा परिकल्पना गर्ने र कथाहरु सिर्जना गर्ने गर्थें । मानिसहरुले भन्ने गर्थे, “बच्चा हुँदा जेजस्तो गरिरहेका छौ, पछि तिमी त्यही बन्छौ ।”

नेपालमा आफ्नै नृत्य कम्पनी कसरी शुरु गर्नुभयो त भन्ने प्रश्नमा बियानिक भन्छिन्, “म नेपालमा आइसके पछि मैले आफ्नै प्रोडक्सन कम्पनी (सोलिस परफर्मिङ आर्टस्) स्थापना गर्न थालें ताकि यसबाट मैले नेपालमै कलाका क्षेत्रमा केही गर्न सकूँ । कलालाई मनोरञ्जनका रुपमा मात्र नभई यसबाट मानिसलाई खुशी तुल्याउन र कला मार्फत अझ गहिराईमा पुग्ने बारेमा मेरो ध्यान रह्यो । मैले अरु स्कुलहरु, इन्स्टिच्यूटहरुसँग सम्पर्क बढाएँ र मैले आफ्नै प्रोडक्सन कम्पनी स्थापना गर्न थालें जसले नृत्य, अभिनय र गायनमा जोड दिन्थ्यो । साथै, भिजुअल इफेक्ट्सको प्रयोगमा नयाँपन ल्याइयो ।” यसैका कारण आज पनि नेपालका स्थापित सिनेकर्मी , उद्योगी , ब्यबसायीहरु लाई योग तथा नृत्यको प्रशिक्षण गराईरहेको  छु ।  कोरोना सक्रमणका कारण एलिजीले हाल नेपाल र बिदेशीहरु लाई भर्चुअल माध्याम बाट प्रशिक्षण समेत गराईरहेकी छिन् ।  

नेपाली संगीत

नेपालमा धेरै कलाकारहरु छन्, तर अधिकांशले हिप हप नृत्यहरु गर्दछन् र मचाहिं केही नयाँ गर्न चाहन्थें । हिप हप नृत्यको एउटा बजार छ र तपाईंलाई सधैं हिप हप मन पर्दैन । त्यसैले मैले युवालाई कन्टेम्पररी नृत्य सिकाउँछु र त्यसपछि बेली । किन कन्टेम्परोरी नृत्य ? किनभने यस नृत्य विधाले नृत्य गर्ने रंगमंचसँग एकाकार गराउँछ । शरीरले मात्र होइन, अन्य कुराले पनि ऊर्जा र शक्ति प्राप्त हुने कुरा कलाकारले बुझ्न थाल्छन् । मेरो अनुभूति के छ भने त्यसपछि कुनै पनि कलाकारले विभिन्न तरिका अपनाउन सक्छन् ।

नेपाल आगमन

ब्यालेको तालिम लिएपछि म धेरैजसो लन्डनको रङ्गीन दुनियाँमा बसें, र विभिन्न फिल्म र सिरियलमा काम गर्ने मौका पनि पाएँ । तर मेरो जीवनलाई नयाँ मोड दिने गरी यौन दुव्र्यवहारको घटना आइलाग्यो । निर्देशकसँग रात बिताउन मैले अस्वीकार गरेकै कारण काम गरिरहेको परियोजनाबाट मलाई हटाइयो । त्यसपछि मेरो युरोपको संघर्ष समाप्त झैं भयो । मैले भविष्यका बारेमा केही नसोची एपार्टमेन्ट खाली गरेर सबै सामान आमाको घर पु–याइदिएँ र एउटा ब्याकप्याक बोकेर नयाँ गन्तव्यतिर लागें जुन मलाई नै राम्रोसँग थाहा थिएन । त्यतिखेर म त्यस्तै २४ वर्षकी थिएँ ।

शुरुमा म अफ्रिका जान चाहन्थें । म बच्चै हुँदा धेरै पटक अफ्रिका गइसकेकी थिएँ र मलाई अफ्रिकी संगीत, रंग निकै मन पर्छ । म अफ्रिकाको घानामा गएर बालबालिकालाई मद्दत गर्न चाहन्थें । तर त्यसबखत राजनीतिक रुपमा घानामा अस्थिरता थियो र एक्लै त्यहाँ जान निकै खतरा थियो । मेरी बौद्धमार्गी आमाले बरु एसिया जान सुझाउनु भयो । एक्लै यात्रा गर्न पनि एसिया तुलनात्मक रुपमा सुरक्षित छ भन्ने आमाको ठम्याई थियो ।

मैले एकपटक पेरिसकै सडकमा एक बालिकालाई भेटें र उनी भर्खरै नेपालबाट आएकी थिइन् । उनैले नेपाल सर्वोत्कृट ठाउँ हो, नेपालका अति फरासिला मानिसका बारेमा बताइन् । अनि मैले सोचें, ठीक छ त त्यसो भए । मैले नेपालका बारेमा त सोचेकै थिइनँ । मलाई बालबालिकालाई सहयोग गर्न औधी मन पर्छ । त्यही भएर मैले नेपालमा रहेका बालगृहका बारेमा बुझ्न थालें, विभिन्न ठाउँमा सम्पर्क गरें र झण्डै छ घण्टापछि एक जना सज्जन सम्पर्कमा आए ।

फ्रान्समै १५ वर्ष बसिसकेका फरर फ्रेन्च भाषा बोल्ने ती व्यक्तिले नेपालमा बालगृह खोलेका रहेछन् । त्यसको दुई दिनपछि नै म नेपाल आइपुगें । यो कति चाँडो भयो भन्ने बताउनै सकिन्न । म त्यस बालगृहमा सात महिना बसें र त्यहाँ अद्वीतिय अनुभव हासिल गरें । नेपाल बसाईका क्रममा मैले नेपाली सिनेमा त अझै खेलेकी छैन तर मैले छोटो मुभी र म्युजिक भिडियो (अभय एन्ड दी स्टिम इन्जुन्स) मा खेलेकी छु तर धेरै विज्ञापनमा काम गरेकी छु ।

आर्ट थेरापी

आर्ट थेरापीको सहायताले तपाईंले यथार्थमै निकै गहिराईमा पुग्न, मानिसको व्यक्तित्वको विश्लेषण गर्न तथा त्यस क्षण मानिसले गर्ने अनुभूति थाहा पाउन सक्नु हुन्छ । मैले यो विधि बालगृहमा पनि बालबच्चालाई सिकाउन चाहन्थें ताकि उनीहरुले पनि आफ्नो बारेमा बुझ्न सकून् । नृत्यलाई पनि केबल नृत्यका रुपमा मात्र नलिई आफ्नो अभिव्यक्ति र भोगाईका रुपमा अगाडि ल्याउनुपर्छ र त्यसो गर्दा जीवनको यथार्थ बुझ्न सकिन्छ भन्ने मेरो ध्येय थियो ।

आजभोलिको दिनचर्या

लकडाउनका बीच आजभोलि मैले बढी योगामा ध्यान दिन थालेकी छु र अनलाइन डान्सिङ कक्षाहरु (ब्याले कक्षाहरु – व्यक्तिगत र समूह कक्षाहरु) चलाइरहेकी छु । मेरा धेरैजसो विद्यार्थी नेपालका छैनन् । मेरा विद्यार्थीहरु कोरिया, चीन, अमेरिका, नेदरल्यान्ड्स र फ्रान्सका छन् । म लेखनमा पनि व्यस्तै छु । म शर्ट मुभीहरु, टिभी सिरिजहरुका लागि लेख्ने गर्दछु ।

मोडलिङका क्षेत्रमा नेपालले राम्रो गर्ने उनको सोचाई छ । यहाँ केही त निकै प्रतिभावान मोडलहरु छन् तर मेरो विचारमा उनीहरुले अझै राम्रो गर्न सक्छन् । म हाई फेसन मोडलिङमा मानिसलाई तालिम दिन चाहन्छु ताकि उनीहरुलाई लन्डनका एजेन्सीसम्म सम्पर्क गराउन सकियोस् ।

धेरै मानिस अझै पनि खुलेर अघि आउन सकिरहेका छैनन् । नेपाली संस्कृतिले अबरोध गरेको उनीहरुको बुझाई छ । नेपालीहरुले बाहिरी दुनियाँसँग त्यति बढी साक्षात्कार गर्न चाहेको देखिन्न । तर नयाँ पुस्तामा विस्तारै परिवर्तन आउन थालेको छ र उनीहरु बढी सचेत एवं बढी स्वतन्त्र देखिन्छन् ।

“कोरोनाभाइरस महामारीलाई नियन्त्रण गर्न गरिएको लकडाउनले दैनिक कार्यहरुमा केही असहज भए पनि मेरा कार्यहरु निरन्तर अघि बढिरहेका छन्,” उनी भन्छिन् ।