• १६ जेष्ठ २०८१, बुधबार
  •      Wed May 29 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप हेर्न क्यान पदाधिकारी श्रीमतीसहित उडे अमेरिका ★   बालेनले किन भने वास्तविक गणतन्त्र आउन अझै बाँकी छ ? ★   बजेटपछि केमा बढ्यो के मा घट्यो मूल्य ? ★   एमाले चितवनको अध्यक्षमा पाठक ★   कांग्रेसका सुरेन्द्रराज पाण्डेलाई गण्डकीको मुख्यमन्त्री नियुक्तिको तयारी ★   माछा मार्न जाँदा अस्ट्रेलियामा दुई नेपाली विद्यार्थीको मृत्यु ★   प्रतिनिधिसभा : बजेट वक्तव्य टेबुल, आर्थिक विधेयक पेस ★   बजेट स्वागतयोग्य र लगानीमैत्री आएको छ – अध्यक्ष ढकाल ★   सहकारीको रकम अपचलनको छानबिन गर्न संसदीय विशेष समिति गठन, को–को परे ? ★   धेरै पुराना आयोजना अलपत्र हुने किसिमले बजेट आयोः प्रकाशशरण महत

विश्वकप लिग–टू: नेपालले पाचँ विकेट गुमायो



file photo

काठमाडौं । आईसीसी विश्वकप लिग–टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले पाचँ विकेट गुमाएको छ ।

जितको लागि २ सय ८ रनको लक्ष्य  पछ्याएर ब्याटिङ गरिरहेको नेपालले खराब सुरुआत गरेको छ । नेपालका तीन खेलाडि शुन्य रन बनाएर आउट भएका छन् ।

नेपालका ओपनर कुशल भुर्तेल ५ रन बनाएर आउट भए । यस्तै, कप्तान रोहित पौडेल र ज्ञानेन्द्र मल्ल शुन्य शुन्य रनमा आउट भए ।यस्तै आसिफ शेख १६ बलमा १७ रन बनाएर क्याच आउट भए भने अरीफ शेख १० बलमा शुन्य रन बनाएर आउट भए ।

यो समाचार तयार पार्दासम्म १२ ओभरको खेल सकिदा नेपालले ५ विकेट गुमाएर ६९ रन बनाएको छ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २०७ रन बनायो ।यूएईको लागि असिफ खानले ७२ रनको अर्धसतकिय इनिङ खेले । उनले ५ चौँका र तीन छक्का प्रहार गरे । नेपालका स्पिनर सन्दीप लामिछानेले उनलाई करण केसीको हातबाट क्याच गराएर नेपाललाई महत्वपूर्ण सफलता दिलाएका थिए ।

यस्तै, यूएईका मुस्तफाले २ चौकाको सहयोगमा ७६ बलमा ५२ रन बनाएर अविजित रहे । आर्यान ल्याक्राले २८ तथा रिजवानले २२ रन बनाउँदा आर्विन्द १८ रनमा सिमित रहे ।

नेपालका लागि बलिङ गरेका सन्दीप लामिछाने र करण केसीले समान ३र३ विकेट लिए । आरीफ शेख, कुशल मल्लले भने समान १र१ विकेट लिए ।