• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधिसभा बैठक जारी ★   दोषी करार गर्ने ढंगले काँग्रेसले ल्याएको प्रस्ताव मान्य हुँदैन: शिशिर खनाल ★   गृहमन्त्री लामिछानेलाई छानविनको दायरामा ल्याउनुपर्ने काँग्रेसको अडान यथावत ★   ब्रोइलर कुखुराको रोग मानिसमा सर्दैन: नेपाल भेटेरिनरी एशोसिएशन ★   कार्यदल बैठक निष्कर्षविहीन ★   रिसाए रोहितः प्रशारणकर्तामाथि किन एक्कासी आक्रोशित बने ? ★   नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार ★   आईपीएलमा धोनीका यी विवादहरु जसलाई उनका फ्यानहरु विश्वास गर्न सक्दैनन् ★   गण्डकीमा पूर्वाधार निर्माण तीव्र गतिमा ★   करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु

नेपालले ६ ओभरमा तीन विकेट गुमायो, कप्तान पौडेल र ज्ञानेन्द्र मल्ल शुन्य रनमा आउट भए



file photo

काठमाडौं । आईसीसी विश्वकप लिग–टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले सुरुवाति ६ ओभरमा महत्वपूर्ण तीन विकेट गुमाएको छ ।

जितको लागि २ सय ८ रनको लक्ष्य २ सय ८ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरिरहेको नेपालले खराब सुरुआत गरेको छ । ६ ओभरको खेल सकिदा नेपालले ३ विकेट गुमाएर ३६ रन बनाएको छ ।

नेपालका ओपनर कुशल भुर्तेल ५ रन बनाएर आउट भए । यस्तै, कप्तान रोहित पौडेल र ज्ञानेन्द्र मल्ल शुन्य शुन्य रनमा आउट भए।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २०७ रन बनायो ।यूएईको लागि असिफ खानले ७२ रनको अर्धसतकिय इनिङ खेले । उनले ५ चौँका र तीन छक्का प्रहार गरे । नेपालका स्पिनर सन्दीप लामिछानेले उनलाई करण केसीको हातबाट क्याच गराएर नेपाललाई महत्वपूर्ण सफलता दिलाएका थिए ।

यस्तै, यूएईका मुस्तफाले २ चौकाको सहयोगमा ७६ बलमा ५२ रन बनाएर अविजित रहे । आर्यान ल्याक्राले २८ तथा रिजवानले २२ रन बनाउँदा आर्विन्द १८ रनमा सिमित रहे ।

नेपालका लागि बलिङ गरेका सन्दीप लामिछाने र करण केसीले समान ३/३ विकेट लिए । आरीफ शेख, कुशल मल्लले भने समान १/१ विकेट लिए ।