२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

मस्तिष्काघात हुन नदिन के गर्ने ? यस्ता छन् उपाय

मस्तिष्काघात हुन नदिन के गर्ने  ? यस्ता छन् उपाय
अ अ+ अ-

काठमाडौं । मस्तिष्काघात भन्नाले दिमाग र मेरुदण्डमा अचानक रक्त सञ्चालनमा अवरोध हुने प्रक्रिया अथवा नसा फुटेर रक्तश्राव भई स्नायुको कामलाई असर पुगी शरीरको कुनै भाग/अङ्गमा कमजोरी देखिने अवस्थालाई जनाउँछ । मस्तिष्काघातले निम्त्याउने अपाङ्गताले बिरामीलाई चाहिने स्याहारसुसार, पारिवारिक सहयोग र पुनःस्थापनामा केन्द्रित गर्न यस वर्षको नारा तय भएको बताइन्छ ।
 
ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका वरिष्ठ नसारोग विशेषज्ञ डा राजु पौडेल मस्तिष्काघातका बारेमा आमजनतामा चेतना अझै नरहेको र छिटोभन्दा छिटो अस्पतालमा पुर्याएमा बिरामीलाई यसबाट पर्ने दूरगामी असर धेरै कम गर्न सकिने बताउनुहुन्छ । 

शारीरिक सन्तुलनमा अचानक गडबड, आँखा कमजोर, अनुहार बाङ्गिए, हात वा गोडामा कमजोरी, बोली लरबरिनुलगायत यसका प्रारम्भिक लक्षण रहेको चिकित्सक बताउछन् । डा पौडेल भन्नुहुन्छ, “यीमध्ये कुनै लक्षण देखिएमा चार घण्टाभित्र अस्पतालमा पुर्याउन सकिएमा मस्तिष्काघातले निम्त्याउने धेरै असरलाई न्यूनीकरण गर्न सकिन्छ ।” पछिल्लो समयमा विभिन्न कारणले मस्तिष्काघात बढ्दो क्रममा नै रहेको बताइन्छ । 

एक अध्ययन अनुसार नेपालमा मस्तिष्काघात भएकामध्ये ६० देखि ७० प्रतिशत रक्तनलीमा हुने अवरोध (रक्तश्राव) का कारण भएको पाइएको थियो तर विकसित देशमा रक्तश्रावबाट कमै मात्रमा मस्तिष्काघात हुने गर्दछ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार हरेक दुई सेकेण्डमा एकजना मस्तिष्काघातबाट पीडित हुने र दश सेकेण्डमा एकको मृत्यु यही कारण हुने गर्दछ । हरेक वर्ष एक करोड ४० लाख मानिस मस्तिष्काघातबाट प्रभावित हुने गर्दछन् । विश्वमा साठी लाखको त यही कारण मृत्यु हुने गर्दछ । मृत्युको दोस्रो कारक तत्वका रुपमा यसलाई लिइन्छ । छ मध्ये एकलाई मस्तिष्काघात हुनसक्ने अध्ययनले देखाएको छ । 

मस्तिष्काघात हुन नदिन के गर्ने त ?

डा पौडेल मस्तिष्काघातको जोखिम न्यूनीकरण गर्न रक्तचाप, मधुमेह, मोटोपन, खानपानलगायतमा ध्यान दिनुपर्ने सुझाव दिनुहुन्छ । उहाँ भन्नुहुन्छ, “रक्तचाप नियन्त्रण, समयमै मधुमेहको पहिचान र उपचार, मोटोपना र तौल नियन्त्रण, शरीरको रगतमा भएको कोलेस्ट्रोलको मात्रा नियन्त्रण, धुमपान तथा मद्यपान सेवन नगर्ने, अनुशासित जीवनशैली र पद्धति अपनाउनुपर्छ ।” 

यस्तैगरी मस्तिष्काघात पछि हुने कमजोरी विश्वमा नै अपाड्गताको दोस्रो ठूलो कारणको रुपमा रहेको छ । यो धेरैजसो मानिसमा ६० वर्षपछि देखिए पनि एक चौथाइ मानिस भने सक्रिय जीवन बिताइरहेका सयम हुने चिकित्सक बताउछन् । डा पौडेलका अनुसार चिकित्सकको परामर्शमा रगत पातलो गर्ने औषधि सेवन गरेमा मात्र ४० प्रतिशतभन्दा बढी मस्तिष्काघात लाई नियन्त्रण गर्न सकिन्छ । रासस