२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपप्रधानमन्त्री श्रेष्ठ र भारतीय राजदूतद्वारा कमलविनायक–नगरकोट सडक अनुगमन(भिडियोसहित)



फाईल फोटो
अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसहितको टोलीले भक्तपुरको कमलविनायक–नगरकोट सडकखण्ड अनुगमन गरेको छ ।

उक्त सडक आयोजनामा भारतीय एक्जिम बैंकको पनि आर्थिक सहयोग रहेकाले स्थलगत अनुगमन टोलीमा भारतीय राजदूत श्रीवास्तव पनि सहभागी हुनुभएको हो । अनुगमन टोलीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका डिजी, सम्बन्धित आयोजना प्रमुख, ठेक्का पाएका निर्माण कम्पनीका प्रतिनिधि पनि रहेका छन् ।

टोलीले कमलविनायक, भत्केको पाटीदेखि नगरकोटसम्मै पुगेर सडकको स्थलगत अनुगमन गरेको हो । शैलुङ कन्स्ट्रक्सनले कमलविनायक–नगरकोट सडकखण्ड ठेक्का पाएको छ । तर पटक–पटक म्याद थप्दा पनि काम सम्पन्न हुन सकेको छैन । सडक निर्माणमा भएको ढिलासुस्तीका कारण जनताले वर्षौंदेखि सास्ती खेपिरहेका छन् ।

सडक निर्माण ढिलाइबारे उपप्रधानमन्त्री श्रेष्ठले निर्माण कम्पनीसँग स्पष्टीकरण माग्नुभएको थियो । कम्पनीले आगामी चैत मसान्तसम्म सबै काम सम्पन्न गर्ने बताएको थियो । त्यसैको प्रगतिबारे स्थलगत जानकारी लिन अनुगमन गरिएको बताइएको छ ।

यसैबीच उपप्रधानमन्त्री श्रेष्ठले ठेकेदारको उपेक्षाको कारण कमलविनायक९नगरकोट सडक मर्मत अलपत्र परेको भन्दै अब सरकारले नसहने बताउनुभएके छ ।

अरु कारणले नभई ठेकेदारको उपेक्षाले सडक निर्माणमा ढिलाइ भएको भन्दै उहाँले भन्नुभयो, “अब हामी सहँदैनौँ ।”