१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनचाँदी कारोवार ऐन बनाउन भूमिका खेल्छु: सांसद बराली



अ+ अ-

चितवन । सुनचाँदी व्यवसायीहरुले सुनचाँदी कारोवार सम्बन्धी छुट्टै ऐन कानुन निर्माण गरिनुपर्ने माग गरेका छन् ।

नेपाल सुनचाँदी व्यवसायी संघ चितवनको आठौं साधारणसभाका क्रममा व्यवसायीहरुले सुनचाँदी क्षेत्रमा अहिलेसम्म नीति नियम नहुँदा व्यवसाय गर्न अप्ठेरो परेको भन्दैं सुनचाँदी कारोवार ऐन बन्नुपर्नेमा जोड दिएका हुन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले राज्यले सुनचाँदी व्यवसायलाई उपेक्षा गरेको भन्दैं व्यवसायीहरु आन्दोलनको लागि एक हुनुपर्ने बताए ।

नेकपा माओवादी केन्द्रका सांसद रणेन्द्र बरालीले सुनचाँदी कारोवार ऐन, कानुन निर्माणको लागि आफुले सक्दो सहयोग गर्ने बताए । राज्यले अर्बौंको भ्रष्ट्राचार गर्नेलाई उन्मुक्ति दिने तर सीप देखाएर रोजीरोटी गर्ने सुनचाँदी पेशाकर्मीहरुलाई सम्पत्ति शुद्धीकरणबाट दु:ख दिने काम भएको सांसद बरालीले बताए ।

कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष अर्जुन रसाईली, उपाध्यक्ष विपिन रामुदामु लगायतले व्यावसायिक हकहितका लागि देशभरका व्यवसायी एक हुनुपर्ने बताए । संघका जिल्ला अध्यक्ष डा। यम विकेको सभापतित्वमा भएको कार्यक्रम उपाध्यक्ष उत्सव खातीको संयोजकत्वमा सम्पन्न भएको थियो ।