११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति

पर्वतमा हलगोरु पाल्ने प्रचलन हराउँदै

पर्वतमा हलगोरु पाल्ने प्रचलन हराउँदै
फाईल फोटो
अ अ+ अ-

पर्वत । एक दशक अघिसम्म फलेवास नगरपालिका–५ का ढाकाराम सुवेदीको गोठमा हलगोरु हुन्थे । पूर्वकृषि प्राविधिक सुवेदीले २०७५ सालमा यान्त्रिक हलो किन्नुभयो । उहाँले त्यसपछि गोरु पाल्ने झनझट गर्नुभएन ।

कुस्माकै किसान विष्णु भुँवाजीले पनि यान्त्रिक हलोले जोतेर खेती गर्न थालेको नौ वर्ष भइसकेको छ । अचेल जिल्लाका झन्डै ७० प्रतिशत किसानले यान्त्रिक हलो मिनी ट्रिलर, पावर ट्रिलर, ट्र्याक्टर प्रयोग गर्ने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । तत्कालीन जिल्ला कृषि विकास कार्यालयले आर्थिक वर्ष २०७१/७२ देखि यान्त्रिक हलो भित्र्याएर किसानलाई अनुदानमा वितरण सुरु गरेपछि यहाँ बिस्तारै गोरु पाल्ने चलन हराउँदै गएको हो ।

तत्कालीन वरिष्ठ कृषि विकास अधिकृत (हाल गण्डकी प्रदेश कृषि निर्देशक) वासुदेव रेग्मीका अनुसार कृषि कार्यालयले आव २०७४/७५ सम्म पाँच सय यान्त्रिक हलो वितरण गरेको थियो । कृषि ज्ञान केन्द्रको पछिल्लो तथ्याङ्कअनुसार आव २०७५/७६ यताका चार वर्षमा केन्द्रले एक हजार तीन सय यान्त्रिक हलो वितरण गरिसकेको छ ।

यसबाहेक स्थानीय सरकारले पनि कृषिमा विनियोजन हुने अधिकांश रकम यान्त्रिक हलोमै खर्चने गरेका छन् । जिल्लाका सातवटै पालिकाले बर्सेनि दुई सय हाराहारीमा यान्त्रिक हलो वितरण गर्ने गरेको ज्ञान केन्द्रका सूचना अधिकारी एवं कृषि प्रसार अधिकृत विश्वास काफ्लेले बताउनुभयो ।

त्यसबाहेक विभिन्न परियोजना, विभिन्न गैरसरकारी संस्था, दातृ निकायले समेत अनुदानमा यान्त्रिक हलोलाई नै प्राथमिकतामा राखेको पाइएको छ । जिल्लामा ५३ हजार छ सय ८६ हेक्टर जमिनमध्ये २८ हजार पाँच सय ९३ हेक्टर खेतीयोग्य जग्गा छ । पछिल्लो दशक खेतीयोग्य जमिन मासिँदै जाँदा करिब २४ हजार हेक्टरमा मात्रै खेती हुँदै आएको छ । भइरहेको खेतीयोग्य जमिनमध्ये पनि झन्डै सात हजार हेक्टरमा मात्रै बाह्रै महिना सिँचाइ सुविधा पुगेको छ ।

यान्त्रिक हलोका कारण थोरै जनशक्तिले अधिक क्षेत्रफलमा खेती लगाउन सहज भएको कृषक बताउँछन् । गाउँघरमा कृषि मजदुर नपाइने, कम समयमा धेरै खेती गर्न नसकिने, आवश्यक परेका बेला हलगोरु नपाइने, साँघुरा सुर्कामा खनजोतका लागि बाउसेको अभावलगायत समस्यालाई यान्त्रिक हलोले हटाएको कुश्मा–१२ का कृषक रामप्रसाद सापकोटाले बताउनुभयो । कृषिको यन्त्रीकरणले खेतीपातीमा सहजता भए पनि गोबर मलको अभाव हुन थालेको उहाँको भनाइ छ ।

पूर्वकृषि प्राविधक सुवेदीले गाउँघरमा गोरु पाल्न छोडेपछि दाइँ हाल्ने गोरुको अभावदेखि गोबर मलको अभाव हुन थालेको बताउनुभयो । प्रतिरोपनी साढे तीन मुरीसम्म धान उत्पादन हुने खेतमा प्राङ्गारिक मलकै अभावमा उत्पादकत्व ४० प्रतिशतसम्म घटेको उहाँले बताउनुभयो ।

व्यावसायिक खेती गर्दै आएका कुस्मा–८ का भुवाँजीले पनि बेमौसमी तरकारी उत्पादनमा ह्रास आउनाका साथै रोग, कीराको प्रकोप पनि बढेको बताउनुभयो । “गाईवस्तुको मल र पिसाबले उत्पादनमा निकै सहयोग गथ्र्यो”, उहाँले भन्नुभयो, “अहिले मलदेखि विषादीसम्म रासायनिक नै प्रयोग गर्दा असर परेको छ ।”

रासायनिक मल र विषादीको प्रयोग अस्वाभाविक रूपमा प्रयोग गर्दा त्यसले माटोमा समेत गम्भीर असर पारेको कृषि ज्ञान केन्द्र प्रमुख मनिता थापाले बताउनुभयो । थापाका अनुसार अहिले जिल्लामा झन्डै ३० प्रतिशतको हाराहारीले मात्र गोरुमार्फत खेतबारी खनजोत गर्दै आएका छन् । बाँकी सबैले यान्त्रिक हलोकै प्रयोग गर्ने गरेको थापाले बताउनुभयो । खेतबारीमा यान्त्रिक हलोको प्रयोगपछि माटोमा अम्लियपनाको मात्र वृद्धि भएको उहाँको भनाइ छ । रासस