२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश १ को नामकरणः नेकपा एकीकृत समाजवादी र जसपाको छुट्टै प्रस्ताव



अ+ अ-

विराटनगर । प्रदेश १ को नामकरणका लागि नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)ले छुट्टै प्रस्ताव दर्ता गरेका छन् ।

संसद सचिवालयमा दुई दलका सांसदले ‘किरात लिम्बुवान सगरमाथा’ प्रदेश प्रस्ताव दर्ता गरेका हुन् ।

एकीकृत समाजवादीका सांसद पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईले दर्ता गरेको प्रस्तावमा एकीकृत समाजवादीका सांसद कमलप्रसाद जवेगु र जसपा सांसद निर्मला लिम्बूको समर्थन रहेको छ ।

यसैबीच, नेपाली कांग्रेस र नेकपा (एमाले)ले कोसी प्रदेश नाम पेश गर्ने सहमति गरेसँगै नेकपा (माओवादी केन्द्र)ले पनि उक्त प्रस्तावमा मतदान गर्ने निर्णय गरेको छ ।