२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति निर्वाचनअघि आठदलीय गठबन्धनले सातै प्रदेशमा भेला गर्ने



अ+ अ-

काठमाडौँ । आसन्न राष्ट्रपतिको निर्वाचनका लागि आठ दलीय गठबन्धनले सात वटै प्रदेशमा प्रदेशस्तरीय भेला गर्ने भएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाले राष्ट्रपति निर्वाचनमा गठबन्धन गरेर कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाएका छन् ।

राष्ट्रपति चयनका लागि २५ फागुनमा मतदान हुँदैछ । त्यसअघि राष्ट्रपति निर्वाचनलाई लक्षित गर्दै गठबन्धनले सातै प्रदेशका मतदातासँग छलफल गर्न प्रदेशस्तरीय भेला गर्न लागेको हो ।

जसअनुरुप नेताहरूका लागि फागुन १९ गते सातै प्रदेशमा एकैसाथ त्यस्तो भेला आयोजना गरिएको छ भने भेलाका लागि कांग्रेसले सम्बन्धित प्रदेशबाट प्रतिनिधित्व गर्ने पदाधिकारीहरुलाई जिम्मेवारी समेत तोकेको छ ।

राष्ट्रपति निर्वाचनमा कांग्रेसका पौडेल र एमालेबाट नेता सुवासचन्द्र नेम्वाङ उम्मेदवार रहेका छन् । संघीय संसद्का ३३२ र प्रदेशसभाका ५५० गरी कूल ८८२ मतदाता छन् ।